इटहरीः बीपी राजमार्गमा आजबाट १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हुन् ।

बाढीपहिरोको जोखिम रहेको भन्दै आजबाट पहिलो चरणमा साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्ग अन्तरगत काभ्रेको काभ्रे भङ्गज्याङदेखि सिन्धुलीको खुरकोटसम्म रातिको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।