इटहरीःशुक्रबार बिहान करिब ६ बजे घरको छतबाट लड्दा धनकुटा नगरपालिका–१०, स्थित उत्तरपानीकी ५० वर्षीया प्रमिला राई घिसिङको मृत्यु भएको छ ।
घरको छतबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिला प्रहरी कार्यालय धनकुटाका डिएसपी एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । डिएसपी खनालका अनुसार आफ्नै घरको छतमा लडेर उनको घटनास्थलमै मृत्यु भएको बताए ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भइरहेको प्रहरीले जानाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय धनकुटाले जनाएको छ ।