धरानः  धरान उपमहानर पालिकाका मेयर उपमेयरको विवादले झनै उग्र रुप लिन थालेको छ ।

मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूका कारण धरान सोमबारदेखि तनाग्रस्त भएको हो । श्रमदानको नाममा उपमहानगरबाट श्रम गर्नेलाई भुक्तानी गर्र्ने विषयमा मेयर र उपमेयरवीच विवाद बढ्दै गएको छ ।

मंगलरबार पनि दुई समुहवीचको हुल हुज्जतले गर्दा दिनभर नै तनाब ग्रस्त बन्यो भने उपमहानगरको कामकाज ठप्प भयो।

बिहान मेयरका समर्थकले उपमेयरको कार्यकक्षमा फेरी घेराउ गर्न पुगे । उपमेयरलाई डोजर, स्काभेटर र टिपरको चाबी माग गर्दै चर्को नाराबाजीमा उत्रिएपछि उपमेयरका समर्थकहरु पनि उपमहानगरमा पुगेपछि अवस्था दिनभर तनाबग्रस्त बन्यो ।दुवै समुह वीच झडप समेत भएर प्रदर्शनकारी र प्रहरीवीच घम्सा घम्सी भयो ।

शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय धरानका टोलीले दुई पक्षबीच झडप हुन नदिन प्रयास गरेका थिए । धरान–१० नारायणपथमा स्काभेटर प्रयोगका लागि चाबी माग्दै आएका मेयर समर्थकहरूले आफूले चाबी नदिएपछि उनीहरु आक्रोशित भएका थिए।

WhatsApp Image 2025-06-17 at 21.39.00_217bfff3

उप मेयर वेघाले भने “नगर स्रोतको दुरुपयोग रोक्नको लागि मैले चाबी नियन्त्रणमा लिएको हुँ,”नियमबिनाको प्रयोग भइरहेको देखेर मैले हस्तक्षेप गरे ।”तर,मेयर पक्षधरहरूले भने श्रमदान कार्यक्रम मार्फत नै काम भइरहेको बताउँदै उपमेयरले अनावश्यक अवरोध सिर्जना गरिरहेको आरोप लगाउँदै आएका छन।

सामाजिक सन्जाल र सन्चार माध्यममा धरान १६ स्थित ग्याबियन जाली राख्न श्रमदानबाट गरिएको काम र त्यसको भुक्तानी गर्न उप मेयरले नमानेपछि विवाद बढ्दै गएको छ । उप मेयर वेघाले श्रमदान स्वयंसेवाको कामको लागि पनि भुक्तानीको दबाव आएपछि अस्वीकार गर्दै आएका छन् । ग्याविन डोर भुक्तानी समेत किर्ते भएको उप मेयरको दाबी छ ।

उनले भने,श्रमदाताको नाममा गरिएको हस्ताक्षर सवैको उस्तै र एउटै ब्यतिmले गरेको देखिन्छ,“यहाँ श्रम अभियानको नाममा गरिएको यस्तो कार्य मान्य हुँदैन,उक्त कार्य निन्दनीय हो,जनताले वुझ्न जरुरी छ ।”मेयर र उप मेयरको विवादले नयाँ आर्थिक बर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रिया समेत अन्योलमा पार्ने संकेत देखिएको छ।

कार्य पालिका सदस्य दिनेश गजमेरका अनुसार स्थानीय तहले कानुन अनुसार असार १० गते गर्नै पर्ने भए पनि अहिलेको विवादले अन्यौल भएको बताए ।