प्रेम बास्तोला

इटहरीः उपचारमा संलग्न डाक्टरहरुले नै ७ दिन पनि बाँच्न नसक्ने बताइएकी सहारा बिहिन महिलाको अभिभावक भई सम्पूर्ण जिम्मेवारी लिर्ने कार्य नै चानचुने कुरा थिएन । 

तर, सहरा बिहिनहरुको सहरा बनि उनीहरुको बाँच्न पाउने अधिकारलाई संरक्षण गर्ने पवित्र उद्धेश्यले स्थापना गरिएको माया घर नेपाल इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेल सानो गाडी लिएर हतारिँदै कोशी अस्पताल विराटनगर पुगेको यसबेला ७ बर्ष बितिसकेछ । 

सडक मानव शुन्य समाज निर्माणमा समेत योगदान पुर्याउने उद्धेश्य समेत राखेर माया घर नेपाल स्थापनमा भएको १ बर्ष मात्र पुरा भएको थियो, त्यसबेला । कोही व्यक्तिले सडकमा बेसहरा भई विरामी अवस्थामा रहेकी एक महिलालाई उद्धार गरी कोशी अस्पतालमा उपचार गराईरहेको र उनका आफन्तहरु कोशी पनि सम्पर्कमा नआएको भन्दै सहरा बन्नका लागि प्रहरीले फोन मार्फत गरेको अनुरोधलाई सहजै स्वीकारेर विराटनगर दौडिएको हिजोअस्ती जस्तो लाग्ने गरेको प्याकुरेल बताउछिन् । 

शनिवार माया घर इटहरी पुग्दा सहरा बिहिन १४० जनाकी आमा बनेकी प्याकुरेल उनीहरुसँगै रमाईरहेकी थिइन् । माया घर नेपालमा आश्रय लिएर बसेकासबैको आ आफ्ना कथाहरु छन् । बिबिध कारणले सहरा बिहिन भई सडकमै जिवन विताईरहेकाहरुलाई प्रहरी, स्थानीय पालिकाको सहयोगमा उद्धार गरि माया घरसम्म ल्याइएका उनीहरु माया घरको एउटै छानामुनी व्यस्थित रुपमा बस्न,खान, लगाउन र परिवारका सदस्यहरुले दिने भन्दापनि बढी माया पाएर रमाईरहेका छन् । 

20250614_114709

माया घर नेपाल इटहरीकी अध्यक्ष प्याकुरेल भन्छिन् —‘यहाँ भएका सबैको फरक फरक खालका कथाहरु छन् । त्यसमध्ये पनि हाल माया घरकी रानी भनेर चिनिने करिब ४५ बर्षीया एक महिलाको वास्तबिक कथाले मानविय सेवामा लाग्ने प्रतिसेकेण्ड उत्प्रेरणा र उर्जा दिईरहन्छ ।’

नाम थर, ठेगाना र आफन्तहरु बारे केही जानकारी नै नभएकी ती महिला बारे यसरी बताउछिन्, माया घर नेपालकी अध्यक्ष प्याकुरेल , कुरा २०७५ साल फागुनको हो । चुनौतिका चाङ बीच माया घर नेपाल स्थापना भएको मात्र एक बर्ष भएको थियो । शिशु अवस्थामै रहेको माया घरका लागि तत्कालै सडकबाट उद्धार गरेर अस्पताल ल्याइएकी,त्यो पनि उपचारमा संलग्न डाक्टरले नै सात दिन पनि बाँच्न कठिन छ भनिएकी महिलालाई अभिभाकत्व प्रदान गर्ने आँट गर्नु नै ठूलो बिषय थियो । माया घर नेपाल नामक संस्था मात्र खोलिएको थियो । तर, वेसहरा मानिसहरुलाई ल्याएर राख्ने व्यवस्थित ठाँउको समेत प्रबन्ध गरिएकै थिएन । न त खाना, न त औषधी उपचारको व्यवस्था थियो । र , पनि त चिता म पुर्याउछु भन्ने राम्रोसँग बुझेकी माया घर नेपालकी अध्यक्ष प्याकुरेल एम्बुलेन्स लिएर दौडिएर कोशी अस्पताल पुग्छिन् । 

अस्पतालको इमरजेन्सीमा बस्ने प्रहरी यूनिटमार्फत प्याकुरेललाई ती बेवारिसे महिलाको बारेमा फोन आएको थियो, त्यो बेला । 

प्याकुरेल भन्छिन्—‘एम्बुलेन्स लिएर त अस्पताल पुगियो । तर, आफुले सबै जिम्मेबारी लिएर इटहरीसम्म ल्याउनु पर्ने महिलाको अवस्था ठिक थिएन । उनको उपचारमा संलग्न डाक्टरसँगै उनको रेखदेखमा खटिएका प्रहरी अधिकारीहरुले पनि बाँच्न मुस्किल हुने बताई नै रहेका थिए । तर, पनि बिरामी ती महिलालाई इटहरी लगेर राम्रो माया दियो भने बाँच्न सक्छिन् कि भन्ने लागेर अभिभावकत्व ग्रहण गरियो ।’

कालो वर्ण,खिनाउने शरिर भएकी ती महिलालाई सानो तन्ना(कपडा) मा पाँच/छ बर्षको बच्चालाई झै तन्नामा गुटुमुटु बनाई काखमा राखेर एम्बुलेन्सको सिटमा चढ्दा प्याकुरेलको मनमा अनेकौ कुरा नखेलेको पनि होइन् । 

20250614_112646

इटहरी ल्याएपनि बोल्न समेत नसक्ने ती महिलालाई नुहाई धुवाई गरेर सफा कपडा फेरिदिएपनि अलिक फ्रेस भईन । भोली पल्टबाट उठेर विस्तारै हिँड्न पनि थालिन् । उनको सेवामा निरन्तर रुपमा प्याकुरेल लगायत माया घरका अन्य आमाहरु प्नि लागि रहे । क्रमश उनको स्वास्थ्यमा सुधार हुँदै गयो । उनको अनुहारमा चमक थपिँदै गयो । 

अस्पतालका डाक्टरले बढीमा ७ दिन मात्रै बाँच्न सक्ने मिति तोकिएकी ती नै महिला आजसम्म हासिखुसी माया घर नेपाली रानी भई रमाई रमाई बाँचीरहेकी छन् । उनले माया घर नेपालमा रमाई रमाई बाँचिरहेको पनि यसबेला ७ बर्ष भईसकेको छ । 

उमेरले करिब ४५ पुगिसकेकी उनी अहिले पनि ३० किलोकी छन् । तर, उनी स्वास्थ्य छिन् । माया घर नेपालकी पर्या नै बनेकी उनलाई नभेटी माया घरकी अध्यक्ष प्याकुरेललाई चित्त नै बुझ्दैन । काम बिषेशले माया घर बाहिरको बसाई हुँदा बाहेक हरेक रात साढे १० बजे उनलाई भेट्न माया घर पुग्नै पर्ने प्याकुरेल बताउँछिन् । 

20250614_113032

प्याकुरेल पुग्न साथ सांकेतिक भाषामा आमाको सम्बोधन गर्दे उनी प्रत्येक रात केही बेर अंगालोमा बाँधिन्छिन् । अनि, आफ्नो भाषामा अब म सुत्न जान्छु भन्दै आफ्नो कोठा तर्फ लाग्ने गरेकी छन् । प्याकुरेल भन्छिन् —‘मलाई बरु खाना नखादा हुन्छ, इटहरी हुँदा उनलाई नभेटी निन्द्रा नि आउँदैन । बाहिरबाट आउँदा पनि आफ्नो निवास नपसि सिँधै म उनी सहित १४० लाई भेट्न माया घर नै पस्छु ।’

मया घरकी रानी नामले चिनिने ती महिला सात बर्षको अन्तरालमा सबै कुरामा अभ्यस्त भईसकेकी छन् । उनले माया घर नेपालका संस्थापक आमाहरु, सदस्यहरु लगायत सबै कर्मचारीहरु र आफु जस्तै सहरा बिहिनहरुलाई प्रष्टसँग चिनिसकेकी छन् । माया घरमा सहरा लिईरहेका  पुराना र  नयाँ छुट्याउन सक्ने उनले दर्जा अनुसारको माया गर्ने गरेकी छन् । 

माया घर नेपालमा आश्रय लिईरहेकाहरुले साँझ बिहान खाना खाए नखाएको, विरामीहरुको अवस्था के कस्तो छ ? औषधी खाए नखाएको र अस्पताल लैजानु पर्ने भए नभएको लगायतका सबै कुरा बुझेर सोही अनुसार उनले माया घरका कर्मचारीहरुलाई सांकेतिक भाषामै रिर्पोटिङ समेत गर्दै आएको प्याकुरेलले बताइन् । उनले माया घरमा रहेका स—साना बच्चाहरुलाई तेल मालिस समेत गर्दै आएको प्याकुरेलले बताइन् । 

20250614_113402

नाँच्न र गाँउन खुब मन पराउने उनी रहेक रातको साढे ९ बजे तिर माया घरको आँगनमा आएर खुल्ला आकाश तर्फ हेर्दै आफ्नो भाषामा जुन, ताराहरुसँग कुराकानी गर्ने बानी चाँही कायमै रहेको प्याकुरेलले बताइन् । 

माया घर नेपालले सडकमा रहेका मानवहरुको उद्धार गरि सहरा प्रदान र उपचारको मात्र काम नगर्ने प्याकुरेल बताउँछिन् । सकेसम्म के कति कारण उनीहरु सडकमा आउन बाध्य भए त ? किन मानसिक रोगी भए त ? के कति कारणले परिवारबाट माया पाएनन् त । यी सबै कुराहरुको अध्ययन गरि, मनोपरामर्शसँगै उनीहरुलाई क्षमतावान बनाउनका लागि सीप समेत सिकाइने प्याकुरेलले बताइन । त्यती मात्रै होइन, उद्धार गरि ल्याइएकाहरुको सबै अवस्थाहरु पूर्ण रुपमा सुधार भईसकेपछि परिवारको खोजी गरि जिम्मा समेत लगाउने गरिएको छ । माया घरकी रानीको हकमा पनि त्यो नगरिएको होइन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि प्रहरीको समेत सहयोगमा परिवार र आफन्तको व्यापक खोजी गरिएको तर पत्ता नै नलागेपछि माया घर नै उनका लागि सबै थोक भएको छ,यसबेला । उनको घर नै माया घर हो, उनको आमा बुबा र आफन्त भनेकै माया घरका आमाहरु, कर्मचारीहरु र आफुजस्तै आश्रय लिईरहेका १४० जना साथीसंगीहरु हुन् । 

20250614_115101