इटहरीः गए रातदेखि परेको अबिरल बर्षाका कारण इटहरीको  धेरै जसो स्थानडुबानमा परेको छ । 

इटहरीको टेङग्रा, खेती खोला सेरा खोला,पानीपयाँको खोला र बुढी खोलामा आएको बाढी बस्तीमा परेका कारण सयौं घरहरु डुवानमा परेका छन् । इटहरीको आर्मी क्याम्पको माथिल्लो भाग, तरहरा, इटहरी ५ को जनताबस्ती, बसपार्क क्षेत्र, खनार क्षेत्र, वडा नम्बर ४ का केही बस्ती ,इटहरीको हटिया लाइन, साथी फ्यूल सेन्टर लगायत धेरै जसो स्थान जलमग्न भएका छन् । बर्षा निरन्तर भएकाले खोलामा बाढी थप बढ्ने खतरा अझै रहेको छ । 

हरेक ५ बर्षमा इटहरी सरकारको नेतृत्व गर्न आउनेहरुले आफ्नो चुनावी घोषणपत्र र प्रतिवद्धता पत्रमा मुख्य बुँदाकै रुपमा इटहरीलाई डुवान मुक्त व्यवस्थित शहरका रुपमा विकास गर्ने भन्ने उल्लेख गरेका हुन्छन् । तर सत्तामा आएपछि नगरबासीको पिरमर्कामा भन्दा बढी व्यक्तिगत, कार्यकर्ता र आफ्ना निकट झोले कर्मचारीहरुको फाइदामा मात्र समिति हुँदा इटहरी बर्षेनी यसैगरि डुवानमा पर्ने गरेको छ । 

4ceee9a0-86a9-48b7-b8c8-517b8bddd88a

हरेक बर्ष स्थानीय जनप्रतिनिधिहरुले केही काम गरे झै गरी मिडियाबाजी गर्ने र थालेको कामलाई व्यवस्थित तरिकाले पुरा नगर्ने गरेका कारण इटहरीबासीले बर्षेनी यसरी नै बर्खा याममा सास्ती खेपिरहनु परेको छ । हालका मेयर हेमकर्ण पौडेलले पनि आफ्नो चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा डुवानबाट इटहरीलाई मुक्त गराउने बिषय बडो गुलियो तरिकाले समावेश गरेका थिए । उनले निकै ढिलो गरी टेंग्रा खोला मिचेर बनाइएका केही संरचनाहरु भत्काउने काम भने गरे । तर त्यसलाई पनि अधुरै छाड्ने काम भयो । विश्वबैंक मार्फत संघीय सरकारले खोलाका लागि केही योजना दिने भएपछि मेयर पौडेल निकै ढिलो गरि खोलामा संरचना भत्काउन तातेका थिए । 

831aa1bd-e9c5-47e0-9ecb-4579cd90408c

उनले खेती खोलामा बनेका संरचना हटाउनका लागि दिनै तोकेर सूचना जारी गरेपनि खोला मिचेर स्थानीयले बनाएका संरचना भत्काएनन् । ३५ दिने सूचनाको समय सिमा कटेपनि खेती खोलामा डोजर चलाउने काम गरेनन् । मेयर पौडेलले हात हालेका काम पुरा नहुने गरेको आम इटहरी नगरवासीमा चर्चा हुने गरेको छ । त्यसको गतिलो उदाहरण टेंग्रा खोला र खेती खोला नै काफी रहेको नगरबासीको बुझाई छ । 

यसैबीच रातभर भारी बर्षा भएका कारण खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने जनाउँदै जल तथा मौसम विज्ञान विभागले इटहरीबासीलाई सर्तक रहन अनुरोध गरेको छ ।

fff63b4d-d491-445b-b546-5a947400615c

मंगलबार बिहान साढे ६ बजे सूचना जारी गर्दै विभागले यस्तो अनुरोध गरेको हो । विभागका अनुसार पछिल्लो ३ घन्टा सुनसरीको चतरा, धरान, ईटहरी, मोरङको केरावारी, लेटाङ, हरैँचा, भाउन्ने र आसपास भारी बर्षा भएको र थप हुने देखिएकाले सेउती,सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने  साना खोला आकस्मिक बाढी हुन सक्ने जनाएको छ ।विभागले सो क्षेत्रका बासिन्दाहरुलाई मंगलबार १२ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।