भक्तपुरः दुई बर्ष भित्रमा सडकमा कालोपत्रे गरिसक्नु  पर्ने सम्झौता भएपनि ठेकेदार कम्पनीले सडक कालोपत्रे नगरेपछि तत्काल कालोपत्रेको माग राखि चाङ्गुनारायण नगरपालिका २ दुवाकोट का स्थानिय बासिन्दा तथा व्यवसायीहरु आन्दोलित भएका छन् ।

संघीय सरकारको बजेटमा सल्लाघारी–वीर अस्पताल जाने सडक कालोपत्रेका लागि २ बर्ष अघि सिएम ब्राइट क्षितिज जेभी ठेकेदार कम्पनीसँग गएको कात्तिक ३ गतेभित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको थियो ।

स्थानीयहरुले पटक पटक समयमै सडक कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपरमा डेलिगेशन गएपनि सुनुवाई नभएपछि आइतबार बिहानबाटै सडकमै खाजा र चिया पकाउँदै स्थानीय बासिन्दा र व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन ।

बीच सडकमै ग्यास चुलो लगाएर प्ले कार्ड सहित सडकमै स्थानीय बासिन्दा र व्यवसायीहरु बसेका कारण सो क्षेत्रको सडक अवरुद्ध भएको छ । सडक कालोपत्रे थालेपछि मात्र आफुहरु सडकबाट हट्ने आन्दोलनमा सहभागी स्थानीय प्रबिन दुवालले बताए ।

२ बर्षसम्म सडक नबन्दा सडकमा दैनिक उढ्ने धुलो, धुवा र प्रदुषण स्थानीय बासिन्दा र व्यवसायीहरुको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ । उनिहरुको स्वाशप्रश्वास सम्बन्धि रोगहरुले सताईरहेको पिडितहरुले बताएका छन् ।

406041358_884805249705672_8703816276848927360_n

हाम्रो स्वास्थ्यको जिम्मेवारी कस्ले लिन्छ ? स्थानिय हरित न्यौपानेले प्रश्न गरे। बन्द गर्नु आफुहरुको बाध्यता भएको बताउदै यो प्रतक्ष स्वास्थ्यसंग सरोकारको बिषय भएको हुँदा र पटक पटक तागेता गर्दा पनि सम्बन्धित निकायको बेवास्ताका कारण सडक अबरुद्द गर्नु परेको उनले बताए। स्थानीयको सटर भाडामा लिएर व्यवसाय गर्नेहरुको सडक कालोपत्रे नभएकै कारण व्यवसाय चौपट्ट भएको छ । पसलमा सामानहरु राखि सक्दा धुलोले हेरिनसक्नु र किनी नसक्नु हुने गरेको छ ।

४२ करोड बढी रकममा ठेक्का लागेको सो सडक कालोपत्रेका लागि स्थानीयहरु पटक पटक सडक डिभिजन कार्यालय भक्तपुर डेलिगेशन गएका छन् । पछिल्लो पटक दशै अगाडि चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सोम प्रधान सहित स्थानीय बासिन्दा र व्यवसायीहरुको जम्बो टोलीले डिभिजन कार्यालयका प्रमुखलाई भेटेर सडक कालोपत्रे तत्काल थाल्ने दवाव दिएका थिए ।

385531072_7120980547993831_5044403276683620291_n

सो भेटमा डिभिजन प्रमुखले ठेकेदार कम्पनीले कात्तिक १३ गतेबाटै सडक कालोपत्रे गर्ने भन्दै आश्वासन दिएका थिए । तर सडक डिभिजन प्रमुखले आश्वासन दिएको १ महिना कटिसक्दा पनि सडक कालोपत्रे हुन छाटकाट नदेखिएपछि बाध्य भएर सडकमै पकाउँदै खाँदै सडक अबरुद्ध गर्न परेको आन्दोलनमा सहभागीले बताए ।

सडक अवरुद्ध गरि आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दा र व्यवसायीहरुले आफुहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन चाँगुनारायण नगरपालिकाका मेयरलाई पनि खबर गरेका थिए । सो नगरपालिका मेयर जीवन खत्रीले सडक कालोपत्रे नहुँदा पीडा र आन्दोलन थालेको बिषयमा आफु जानकार भएको बताएका थिए । स्थानीयहरुको पीडा र कष्ट बुझेरै आफु अर्थ मन्त्रालयमा सडक कालोपत्रेका लागि निकासा नभएको बजेट निकासाका लागि पहल गर्न आफु स्वयम आएको बताएका थिए ।

ठेकेदार कम्पनीका प्रोप्राइटरले आफुलाई सकड कलोपत्रेका लागि सडक डिभिजन कार्यालय भक्तपुरले पैसा नै निकासा नगरेकाले काम अगाडि बढाउन नसकेको बताएको स्थानीयले जानकारी दिए । सडकलाई भन्यो ठेकेदार देखाउने ठेकेदारलाई भन्यो सडक डिभिजन देखाउने काम मात्र भएको स्थानीयको भनाई छ ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तरगर्तको बजेटमा सडक कालोपत्रेका लागि ठेक्का लागेकाले चाँगुनारायण नगरपालिकाले समन्वयकारी भूमिका र सहजीकरण मात्र गर्न सक्ने वडा नम्बर २ का अध्यक्ष सोम प्रधानले बताए ।

स्थानीय र व्यवसायीहरुलाई सडक कालोपत्रे नहुँदा सम्म धुँलो उढ्दा ठेकेदार कम्पनी आफैले पटक पटक दैनिक जसो पानी छिट्नु पर्ने हो । तर, त्यो काम पनि नगरेपछि वडा कार्यालयले पहल गरि निसुल्क पानी को बेबस्था गरि केही पटक सडकमा धुँलो मार्नका लागि पानी छिट्ने काम पनि गरिएको वडाअध्यक्ष प्रधानले बताए ।

ब्याक्तिगत रुपमा पनि ठेकेदार कम्पनि सङ पहल गरेको तर केन्दृय योजना भएका कारण ठेकेदार कम्पनि ले हेल्चेक्र्याइ गरेको उनले जानकरी दिए। आफु स्थानिय बासिको माग सङ सहमत रहेको र सम्भब भए सम्म सबै सम्बन्धित निकायमा छिटो काम सम्पन्न गर्न का लागि पहल गरिरहेको उनले बताए।