दोलखाः आर्थिक अभावमा पेटको रोग उपचार गर्न नसकी घरमै बसिरहेकी एक महिलालाई प्रेम पुर्ण फाउण्डेसनले आर्थिक सहयोग प्रदान गरेको छ । 

सो फाउण्डेसनकी संस्थापक अध्यक्ष अमेरिका निकासी पदमा प्रधानले पठाउनु भएको २५ हजार रुपियाँ थामी समुदायकी जानुका थामीलाई प्रदान गरिएको हो । 

सो रकम सभ्य समाज निर्माण केन्द्र नेपालकी अध्यक्ष कमला कार्की र अजय प्रधान थामीको दोलखा फुलपामा रहेको घरमै पुगेर सुक्रबार प्रदान गरिएको हो । अमेरिका बसेर पनि थामी समुदायको महिलाको दुःख बुझेर पेट सम्बन्धि रोगको अप्रेशनका लागि रकम पठाई सहयोग गर्ने पदमा प्रधानप्रति रकम अभावमा रोग बोकेर घरमै बस्न बाध्य जानुकाले आभार प्रकट गरेकी छन् । 

401834864_259754910412136_3040941511593404341_n

कार्की र प्रधानले जानुकालाई घरमै पुगेर उनको हातमै रकम प्रदान गरेपछि अब आफु बाँच्न सक्ने हिम्मत बढेको बताएकी थिइन । लामो समयदेखि अमेरिकामा रहेर पनि आर्थिक रुपमा विपन्नहरुलाई सकेको सहयोग गर्दै आएकी पदमा प्रधानले निःस्वार्थ भावनाका साथ बर्षेनी नेपालमा सामाजिक कार्य गर्दै आईरहेको सभ्य समाज निर्माण केन्द्र नेपालकी अध्यक्ष कमला कार्कीले बताएकी छन । 

402855190_259755003745460_6261828688219352373_n