इनरुवाः हिजो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु भएको छ ।

खोपका कारण शिवु खत्वेका १ महिने छोरा शिवम्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजे खोप लगाइएको थियो ।

स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले शिशुलाई बीसीजी खोप लगाएकी थिइन् । खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएको थियो । शिशुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिशुको मृत्युपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नुका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए । खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेकोे बताइएको छ ।