इटहरीः  मोरङको क्षेत्र नम्बर २ को प्रदेशसभा (१)मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशप्रसाद उप्रेती(शुसिल) विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दानबहादुर कार्कीलाई २५५ मतान्तरले पराजित गरेका हुन् ।

उप्रेतीले १४ हजार ९३३ मत पाएका छन् भने एमालेका कार्कीले १४ हजार ६७८ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्रीकान्त पौदार २ हजार २४२ मत सहित तेस्रो भए ।