तेह्रथुमः तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरूको संस्था तेह्रथुम समाज युकेको सहयोगमा ११ लाख १८ हजार ६ सय ६७ रुपैयाँको लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ ।
नवनिर्मित सो भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गरे । कार्यक्रममा सो क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउने दातृ संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुङ्गानालाई सम्मान गरिएको थियो ।