इटहरीः १ नम्बर प्रदेशका बिभिन्न जिल्लाका पालिकाहरुमा रिक्त रहेका बिभिन्न पदका लागि प्रदेश लोक सेवा आयोग प्रदेश–१, विराटनगरले कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।
आयोगले एक सूचना प्रकाशन गरि कर्मचारी माग गरेको हो ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा गर्न लागिएको आयोगले जनाकारी दिएको छ ।
योग्यता पुगेका उमेदवारहरूले कात्तिक २७ गतेसम्म आवेदन दिन सक्ने आयोगले सूचना मार्फत जनाएको छ । न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई र प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिने आयोगले जनाएको छ ।
सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् । सेवाका सर्त र तलब तथा अन्य सुविधा प्रचलित कानुन बमोजिम हुने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।