भोजपुरः भोजपुरको प्रदेशसभा १ मा बागी उम्मेदवारी दिएका काङ्ग्रेस महासमिति सदस्य उत्तम कुमार चापागाँईले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका हुन् ।
भोजपुर प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी )का सचिव समेत रहेका प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राई उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका चापागाँईले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउदै गठबन्धनका उम्मेदवार राईलाई सघाउने घोषणा गरेसँगै राईको जित पक्का भएको बताइन्छ ।