इटहरीः नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नेतृत्वकै अगाडि आफ्ना नेतालाई टिकट नदिएकोमा आक्रोस व्यक्त गरेका छन् । 

बिहीबार इटहरीमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले इटहरीलाई नेताहरुले वेवास्ता गरेको बताएका हुन ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको पार्टी नेता विजय कुमार गच्छादारकै अगाडि सुनसरीको केन्द्र मानिने इटहरीमा एउटा पनि उम्मेदवार नपाएको भन्दै नेताहरूले आक्रोस प्रकट गरेका थिए  । 

नेता राजिव ढुँगाना, साथै इटहरी र इनरुवाका मेयर साथै गंगा चौधरी लगायतका नेताहरुको उपस्थितीमा अधिकांश कार्यकर्ताहरुले केन्द्रीय नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको बताएका थिए । 

उनिहरुले  अब पुस्तान्तरणको पक्षमा पार्टी लाग्नुपर्ने बताएका थिए ।  पूर्व क्षेत्रीय सभापति मणिराम श्रेष्ठले अन्य क्षेत्रबाट समानुपातिक उम्मेदवार पनि बढी दिने तर इटहरीलाई एउटा पनि उम्मेदवार नदिनुले विभेदको राजनीति सुरु भएको बताए । क्षेत्रीय हिसाबमा पनि क्षेत्र नम्बर २ लाई उपेक्षा गरिएको उनले सुनाए । 

प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा उम्मेदवार गच्छदार प्रति इङ्गित गर्दै सभामा वक्ताहरुले उच्च तहका नेताहरुलाई समानुपातिक तर्फ जान सुझाएका थिए । , आफ्नो विचार सँगै अरूको विचारलाई पनि सम्मान गर्न अनुरोध गर्दै यदि काँग्रेस हा¥यो भने पार्टी नेतेत्वकै कारणले हार्ने बताएका थिए । 

क्षेत्र नम्बर २(क) का सभापति सुवेक्छु देवान, महाधिवेशन प्रतिनिधि विकाश केसीले पनि केन्द्रीय नेतृत्वले विवेक नपु¥याएको धारणा राखे । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा इटहरीलाई उपेक्षा गरिएको उनको भनाई छ । 

कार्यक्रममा केन्द्रीय सदस्यहरू राजीव कोइराला, राजीव ढुङ्गाना कल्पना चौधरी, प्रतिनिधिसभा उम्मेदवार सिताराम मेहता लगायतले सम्बोधन गरेका थिए । प्रमुख अतिथि गच्छदारले कार्यकर्तालाई आश्वस्त पार्दै इटहरीका काँग्रेस कार्यकर्ता आफ्नो तागत भएको बताए ।