धरानः  नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले  आफुलाई पार्टीले टिकट नदिएपनि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लागि परिरहेको बताएका छन् ।

शुक्रबार लोकतान्त्रिक बाम गठबन्धन प्रतिनिधिसभा निर्वाचन परिचालन मुल समिति क्षेत्र नं. १  सुनसरी धरानमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. रिजालले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन लागि परिहेको बताएका हुन् ।

312218403_423934463234672_1568649119535586059_n

 उनले पार्टीले टिकट नदिएकोमा गुनासो भएपनि निर्वाचनमा गठबन्धनका उम्मेदवारले जिताउन लागि रहेको बताए । उनले भने, ‘टिकट नदिएकोमा मलाई पनि गुनासो छ । तर गुनासो चुनावपछि पार्टीभित्र राख्छु । निर्वाचनमा टिकट पाएका उम्मेदवारलाई विजयी गराउन लागि पर्छु ।’ अन्य नेता कार्यकर्तालाई पार्टीसँगको गुनासो निर्वाचन पछि पार्टीभित्र नै राख्न आग्रह गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नु  पर्ने बताए । उनले भने, ‘गलत निर्णय भएका छन । निर्वाचन पछि पार्टीमा राख्नु्पर्छ ।’ 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय उपाध्यक्ष तथा १ नं. प्रदेश इन्चार्ज धनेन्द्र बस्नेतले गठबन्धन केपीले संसद पुर्नस्थापना गर्न देखि धेरै आन्दोलन सफल पारेकाले हाल निर्वाचनमा पनि सहज रुपमा विजय गर्ने धारणा राखे । 

311074549_2327083040777719_5221098630661334730_n

उनले एमाले, राप्रपा र जसपा गठबन्धन दक्षिणपन्थि र पश्चगामी भएको आरोप लगाए । माओवादी केन्द्र केन्द्रीय सदस्य उमिता विश्वकर्माले संविधानको रक्षा र स्थायित्वमा लागि गठबन्धन आवश्यक भएको बताइन् । विगतमा पनि लोकतान्त्रिक बाम गठबन्धन सफल हुँदै आएको बताइन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य लक्ष्मि खतिवडाले गठबन्धन रहर नभई बाध्यता भएको बताइन् । 

310931847_781739272904887_3259563303733513846_n

सुनसरी क्षेत्र नं. १ का उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले निर्वाचनमा विजयी भएपछि जनतासँग जोडिने बताए । उनले भने, ‘निर्वाचित भएपछि काठमाण्डौँ केन्द्रीय हुने परम्परालाई तोड्न चाहान्छ । म जनतामा झुपडीमा हुन्छु ।’ सुनसरी १ प्रदेश १ का उम्मेदवार उमेश थापाले धरानका समस्याकबारे जानकारी रहेको बताए । १ (२) का उम्मेदवार रेवतीरमण राईले जंगल दक्षिणमा रहेको गाउँलाई धरानसँग जोड्न पहल गर्ने बताए ।

312581932_858346571853005_3145190542842617347_n