धरानः जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद अध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नं. १ का अधुरा योजना पुरा गर्नका लागि उम्मेदवार बनेको बताएका छन् ।
शुक्रबार नेकपा (एमाले) र जसपा संयुक्त निर्वाचन परिचालन कमिटि सुनसरी क्षेत्र नम्बर १ को पत्रकार सम्मेलनमा बोल्दै सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिध सभा सदस्यको उम्मेदवार बनेका अध्यक्ष राईले क्षेत्र नं. १ का निवर्तमान प्रतिनिध सभासदस्य जयकुमार राईको प्रस्ताव र आफ्नो पहलमा धेरै योजना यस क्षेत्रमा ल्याएको बताउँदै भने, ‘अधुरा योजना पुरा गर्छु ।’
उनले आर्थिक अवस्था सुधारका लागि जलपर्यटनदेखि धार्मिक पर्यटनदेखि पर्यापर्यटनसम्म बलियो सम्भावना रहेको बताए । उनले धरानको शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधारसँगै सामाजिक विकासमा लागि पर्ने बताए । उनले आफू निर्वाचित नहुँदा पनि धरानसहित बराहक्षेत्रको विकासमा लागि रहेको दावी गरे । उनले चुनावी तालमेल राष्ट्रिय आवश्यकता भएको जिकिर गरे ।
उनले भने, ‘तालमेल दीर्घकालसम्म पनि लाने सहमति भएको छ ।’ धरानमा खेलकुद तथा सङिगत विश्वविद्यालय बनाउनेसम्म योजना रहेको उनको भनाई छ । सुनसरी १ (ख) बाट रमेश बस्नेत र सुनसरी १ (क) बाट विजय राईलाई उम्मेदवार बनाएको छ । गठबन्धनका संयुक्त मूल निर्वाचन परिचालन कमिटी संयोजक मीनकुमार सुब्बाले एमालेको चुनाव चिन्हलाई सम्मान पुग्ने गरी प्रदेशमा जसपाले मत हाल्ने र जसपालाई सम्मान गर्न प्रतिनिधिसभामा मत हाल्नुपर्ने बताए । निर्वाचन परिचालन समितिका सचिव ताजुव लिम्बूले राष्ट्रिय आवश्यकताले गठबन्धन भएको र सबै उम्मेदवा विजयी गराउने लाग्ने बताए ।