इटहरीः नेकपा माओवादी केन्द्रले सुनसरी २ मा जित्ने मात्रै नभई धेरै भोटले जित्ने अभियान सहित सुनसरी क्षेत्र नम्बर २ ‘क’ को निर्वाचन कमिटीको बैठकले अठोट गरेको छ । 

नेकपा माओवादी केन्द्र सुनसरी क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रको संयोजक दिनेश चौधरीको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादीका नेता निर्मल बराल, नेतृ तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, संविधानसभा सदस्य अनिता परियार, नेतृ सपना परियार लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको भेलाले सुनसरी क्षेत्र नम्बर २ को १२ वटै वडामा निर्वाचन परिचालन कमिटी निर्माण गर्ने लगायतका विषयमा छलफल गरेको नेकपा माओवादी केन्द्र इटहरी नगरकमिटीकी सहसचिव सुशिला उप्रेतीले बताइन् । 

निर्वाचन क्षेत्रभरीका जनवर्गीय संगठन र पेशागत संगठनहरुको सहभागितामा वृहत निर्वाचन परिचालन कमिटी निर्माण गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र इटहरी नगरकमिटीका अध्यक्ष ज्वाला तामाङ्गले बताए । 

निर्वाचनमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने र जित्ने भन्दा पनि कति बढि मतले जित्ने भन्ने बिषयमा गम्भिर भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिइएको अध्यक्ष तामाङ्गले बताए । 

310446078_1529874124131832_5758810818611266306_n

बैठकमा बोल्दै नेतृ तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरीले गठबन्धन किन गरियो र कसरी गरियो भन्ने कुरा कार्यकर्ता माझ लाई राखेकी थिइन । आफुहरु पहिला आन्तरिक बैठक बस्ने र गठबन्धनको बैठक बस्ने जानकारी चौधरीले कार्यकर्ताहरुलाई गराईन । पहिला पालिका र वडाको बैठक गरेर गठबन्धनको बैठकमा जाने चौधरीले बताइन । उनले गठबन्धन कार्यनितिक योजना भएको बताइन । 

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य अनिता परियारले नेकपा एमालेका नेता तथा कार्यकर्ताले पटक पटक संघीयताको विरोधमा कुरा गरिरहेको कारणले पनि अहिले लोकतान्त्रिक बाम गठबन्धनको आवश्यता रहेको बताइन । क्रान्तिकारी शक्तिलाई बहुमत ल्याउन र संघीयतालाई जोगाउनका कारण गठबन्धन गर्नुपरेकाले परिवारमा सानो तिनो कुरालाई नकेलाउन कार्यकर्ताहरुलाई आग्रह गरिन । अहिले पार्टीमा एकता र प्रतिवद्धता आवश्यक भएको भन्दै परियारले गरिखानेको पक्षमा लाग्न सबैलाई आव्हान गरिन ।  

311283265_884191612964914_1806859535583108238_n

कार्यक्रममा नेकपा माओवादीका नव प्रवेशी नेता तथा सुनसरी २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेद्वार द्धारिक लाल चौधरीले आफु भाग नपाएर नेकपा एमाले नछोडेको बताए । आफुलाई उम्मेद्वार बनाउन ४ पटक ठुला नेताहरु आएको भएपनि आफु एमालेबाट उम्मेद्वार नहुने भन्दै इन्कार गरेको चौधरीले बताए । 

आफ्नो इच्छा पुरा गर्नका लागि एमालेको नेतृत्व लागेको भन्दै त्यसको विरुद्धमा आफुले नेकपा एमाले परित्याग गरेको नेकपा एमालेका पुर्व सुनसरी जिल्ला अध्यक्ष समेत रहेको चौधरीले बताए ।

311458155_775170423565582_154852583585640665_n