सुरेन्द्र चौधरी

औराबनीः सुनसरी जिल्लाको गढी गाउँपालिका–२ निवासी कप्लेश्वर यादवले   स्थानीय युवा सहित ‘नो भोट अभियान’ चलाउने भएका छन् ।

नेपाली कांग्रेस र नेपाल विधार्थी संघमा लामो समयसम्म सेवा गर्दै दुई पटकसम्म नेविसंघको महामन्त्रीको जिम्मेबारी सम्हालीसकेका युवा नेता यादवले आफूलाई पार्टीबाट धोका भएको भन्दै ‘नो भोट अभियान’ चलाउने घोषणा गरेका हुन । 

उनको यो अभियानमा स्थानीय युवाहरुले समेत साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन । 

लामो समयसम्म आफूले पार्टीलाई आफ्नो जागिर खाने उमेरलाई लगानी गरेको र सामानुपातिकमा नाम पठाएर पछि काटेकाले आफू अन्यायमा परेका भन्दै आफूले ‘नो भोट अभियान’ चलाउने बताए ।

यादवले २०५४ सालदेखि पार्टिमा लगानी गरेको तर कुनै सुनुवाई र मूल्यांकन नभएको बाध्य भएर ‘नो भोट अभियान’ चलाउने निर्णयमा पुगेको जानकारी पत्रकार सम्मेलन गरेर दिएका हुन । 

आफ्नै गृह जिल्ला सुनसरीको गढी गाउँपालिका २ औरावनीमा यादवले पत्रकार सम्मेलनको आयोजना गरि  ‘नो भोट अभियान’ को घोषणा गर्दै मतदान पनि नगर्ने र नेतालाई गाउँ पस्न समेत नदिने अभियानको योजना उनले सुनाए । 

गएको २०७४ सालको आम निर्वाचनमा पनि आफूलाई आश्वासन मात्र देखाइएको यादवको गुनासो छ । आफ्ना माग सम्बोधन नभएपछि बाध्य भएर चुनाव बहिस्कारको अभियान थालेको यादवको तर्क छ । 

यादवले सुनसरी क्षेत्र नम्बर ३ बाट संचालन गरेको ‘नो भोट अभियान’ जिल्ला हुँदै देशभर चलाउने योजना रहेको सुनाए । 

यादवले पार्टीमा युवा र विद्यार्थीलाई ढालका रुपमा मात्रै प्रयोग गरेको र राजनीतिक दल कांग्रेससहित अन्य पार्टीले पनि धोका दिदै आएकोले युवाहरुको साथमा ‘नो भोट अभियान’ चलाउने स्पष्ट पारे ।  

आफू लोकतन्त्रका लागि जेलनेल भोगेको र सोही आडमा सत्ता र सरकारमा पुगेको पार्टीले बेवास्ता गर्दै आएको र अहिले चुनावमा पनि आफूसँग गरेका बाचा पूरा नगर्ने भएकाले बाध्य भएर युवाहरूको साथमा चुनावमा भोट नदिने अडान र अभियान सुरु गरेको बताए । 

यादवले देश जोगाउनका लागि नो भोट अभियान चलाउने र त्यसमा सबैलाई साथ सहयोग गरि निर्वाचन बहिस्कार गर्न प्रेस विज्ञप्ती मार्फत अपिल गरेका छन ।

त्यसैगरी इनरुवा नगरपालिका ७ का पूर्व वडा अध्यक्ष नेपाली कांग्रेससका स्थानीय नेता किसोर सिंह खवासले समेत पार्टीले आफूहरुलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेताहरुलाइ अब भोट नदिने निर्णय गरेको बताए ।