इटहरीः नेकमा माओवादी केन्द्रका नेता तथा घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसैन नेकपा एमालेमा प्रवेश गरेका छन् ।  

संविधान सभा सदस्य तथा पुर्व राज्यमन्त्री समेत भइसकेका हुसैनलाई बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट स्थित निवासमा पार्टी प्रवेश गराएका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, मुस्लिम मोर्चाका महासचिव तथा घोषणापत्र मस्यौदा समितिका सदस्य समेत रहेका हुसैनसहित नेकपा माओवादीका हरिनगर गाउँपालिका कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य मोहन यादव, हरिनगर गाउँपालिका कमिटीकै उपाध्यक्ष तथा जिल्ला सदस्य चन्दन पोदार, अर्का उपाध्यक्ष एनुल साफी, हरिनगरकै गाउँपालिका कमिटी सचिव तुफेल अन्सारी र कोषाध्यक्ष सत्यनारायण मेहेता नेकपा एमालेमा प्रवेश गरका हुन् । 

पार्टी प्रवेश गरेका नव प्रवेशी कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेका छन् ।  मंसिर ४ गते को निर्वाचन नजिँकिदै जाँदा भएको पार्टी प्रवेशलाई महत्वपुर्णको रुपमा हेरिएको छ ।

310501747_5394623657313390_2126286727271270129_n