प्रकाश बन्जारा 

इटहरीः  आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि सुनसरी क्षेत्र नम्बर २ बाट २७ जनाले मनोनयन दर्ता गराएका छन् । 

आइतबार मनोनयन दर्ता गर्ने दिन ११ जना स्वतन्त्र सहित २७ जनाले सुनसरी क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यलय सुनसरी २ ले जानकारी दिएको छ । 

निर्वाचन अधिकृतको कार्यलयका अनुसार सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसका तर्फबाट सिताराम मेहताले उमेदवारी दर्ता गराएका छन् । मेहता अघिल्लो प्रतिनिधि सभाका समेत निर्वाचित सांसद हुन् । ४ दलिय सत्ता गठबन्धनको तर्फबाट मेहताले सुनरी २ को टिकट पाएका हुन भने यता नेकपा एमाले, जसपा गठबन्धनको तर्फबाट भिम आचार्यलाई उमेदवारी दिएका छन् । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापाको उमेदवारी परेको छ ,भने राप्रपा नेपालबाट रामेश्वर साहु हलुवाई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट ममताज मिया, हाम्रो नेपाल पार्टीबाट राजेश चौधरी, जनमत पार्टीबाट रामानन्द मेहताले उमेदवारी मनोनयन गराएका छन् । यस्ते मौलिक जरोकिलो पार्टीबाट रोहित कुमार दुलाल, विवेकशिल साझा पार्टीबाट बिजय कुमार बस्नेतले उमेदवारी दिएका छन् भने नेपाल कम्युनिष्ट पार्टी माक्सवादी बाट शोभावती कुमारी चौधरीको उमेदवारी परेको छ । 

यता जनसमाजवादी पार्टी नेपालबाट गजेन्द्र बहादुर ढकाल, राप्रपाबाट दिनेश कुमार बस्नेत, नागरिक उन्मुत्ति पार्टीबाट दिपक राज चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनु राम चौधरी, संघीय लोकतान्त्रिक राष्टिय मन्चबाट नैन कुमार विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनबाट पुर्ण बहादुर गुरुङ्गले उमेदवारी दिएका छन् । 

सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागि स्वतन्त्र उमेदवारी दिनेहरुमा इटहरीका प्रेम प्रसाद भट्टराई, इटहरीकै चेतनाथ पौड्याल, इनरुवाका फरेन्द्र शाह, इटहरीका बाबुराम सुवेदी, इनरुवाका मनोज कुमार मेहता, इनरुवाका ललन कुमार मेहता, इनरुवाकी बविता नुन्दी, इटहरीका विदुर प्रसाद पौडेल, तरहराका शर्मानन्द खतिवडा छन् ।  इनरुवाका श्रवण कुमार मेहता र सुरेश कुमार मेहताले पनि प्रतिनिधि सभाको लागि स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।