इटहरीः सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट १२ जना स्वतन्त्र सहित २३ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गराएका छन् ।
क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार आइतबार ११ बजेदेखि साँझा ५ बजेसम्म २३ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता गराउनेमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका विजय कुमार गच्छार छन् भने नेकपा एमाले जसपा गठबन्धबाट नेकपा एमालीकी नेतृ भगवती चौधरी छिन् । यस्तै नेपाली कांग्रेस वीपीबाट अम्बर बहादुर राउत, राप्रपाबाट कमल बाबु मैनाली, पिछडा वर्ग नेपाल दलित पार्टीबाट कुन्दन बहरदार, राप्रपाबाट कुलदिप चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट देव नारायण यादव , हाम्रो नेपाल पार्टीको तर्फबाट यज्ञ बहादुर कट्वाल, संघीय लोकतान्त्रिक राष्टिय मन्चबाट राजोदेवी रिषिदेव, मौकिक जरोकिलो पार्टीबाट रामेश्वर थापा र राष्टिय जनमुक्ति पार्टीबाट साहाउद्धिन मियाले उम्मेद्वार दिएका छन् ।
यस्तै स्वतन्त्र उम्मेद्वारी दिनेहरुमा इटहरीका स्मित कार्की, गढी गाउँपालिकाकी सुमन कुमारी चौधरी, दुहवीकी सुधादेवी उराँवनी, दुहवीकै सहिमुद्धिन मिया, सज्जन ऋषिदेव, मुकेश प्रसाद ढकाल, फागु यादव छन् । यस्तैगरी स्वतन्त्र उम्मेद्वारी दिनेहरुमा गढी गाउँपालिकाका कपिलेश्वर यादव, दुहवीकी कासनी थरुनी, किशोर कुमार विश्वास, कुमारी उराव र गंगा कुमारी खरेल छन् ।