इटहरीः आगामी मंसिर ४ गते हुन लागेको लागेको प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्रब १ बाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मुक्सहाङ्ग मेन्याङ्बो र एमाले जसपा गठबन्धनबाट असोक राईले उम्मेद्वारी दर्ता गराएका छन् ।  

 प्रतिनिधि सभा सदस्य  निर्वाचनको लागि शनिबार सुनसरी क्षेत्र नं १ को लागी निर्वाचन अधिकृतको कार्यलय धरानमा २० जनाको उम्मेद्वारी दर्ता भएको छ । 

 विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र शनिबार मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ४९ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रतिनिसभा सदस्यको लागि कुल २० जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये ११ जना स्वतन्त्र उम्मेद्वार हुन् भने ९ जना राजनीतिक दलका उम्मेद्वारहरु हुन् ।

 प्रतिनिधिसभामा राजनीतिक दलबाट मनोनयन दर्ता गर्ने उम्मेद्वाहरुमा राप्रपाबाट अशोक राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सरस्वती सुब्बा, किरात खम्बुवान साझा पार्टीबाट देवीबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन), मंगोल नेशनल अर्गानाइजेशनबाट प्रेमबहादुर श्रेष्ठ, जनमत पार्टीबाट फत्तबहादुर खड्का र जनसमाजवादी पार्टीबाट मंगलसिंह लिम्बुले मनोनयन दर्ता गरेका छन् ।

 यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा तर्कबहादुर मगर, संजयकुमार राई, विजयकुमार राई, मनोजकुमार मेन्याङ्बो, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुमार कार्की, कुलबहादुर लिम्बु, बासुप्रसाद खड्का, कृष्णकुमार राई र करुणा राईले मनोनयन दर्ता गराएका छन् ।

यस्तै सुनसरी निर्वाचन क्षेत्र १ प्रदेशसभा (क) मा कुल १५ जनाले उम्मेदेवारी मनोनयन दर्ता गराएका छन् । ती मध्ये ७ जना राजनीतिक दलबाट र ८ जना स्वतन्त्र उम्मेद्वार हुन् । 

राजनीतिक दलहरुमा नेपाली कांग्रेसबाट उमेश थापा, नेकपा एमालेबाट रमेश बस्नेत, राप्रपाबाट उद्धव श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भोलामान वर्देवा, किराँत खम्बुवान साझा पार्टीबाट शुरेशकुमार राई र हाम्रो नेपाल पार्टीबाट विजय कालिकोटेले मनोनयन दर्ता गरेका छन् ।

एता  स्वतन्त्र उम्मेद्वारकोरुपमा समिर तामाङ, पदमबहादुर कार्की, गोमा राई, खगेन्द्र श्रेष्ठ, सुमित्रा राई, टंकबहादुर विश्वकर्मा, माया विश्वकर्मा र पासाङ डोल्मा गुरुङले पनि मनोनयन दर्ता गराएका छन् ।

सुनसरी निर्वाचन क्षेत्र १ प्रदेशसभा ख मा कुल १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । तीमध्ये राजनीतिक दलबाट ६ जना छन् भने ८ जना स्वतन्त्र उम्मेद्वार छन् । 

राजनीतिक दलबाट उम्मेद्वारी दर्ता गर्नेमा नेकपा एमालेका विजयकुमार राई, नेकपा एसका रेवतीरमण राई, किरात खम्बुवान साझा पार्टीका भुपी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बु, नागरिक उन्मुक्ति पार्टी(रेशम चौधरी) बाट ओमप्रकाश थारु र राप्रपाबाट अनिश ढकालले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा हेमचन्द्र राई, राजन बस्नेत, विन्द्रमान राई, कमलबहादुर कटवाल, शरण राई, मित्राकुमारी अधिकारी, रोहित सुब्बा र रिकेश विश्वकर्माले मनोनयन गराएका छन् ।