इटहरीः आसन्न निर्वाचनमा पार्टी पंक्तिबाट आम कार्यकर्ताको भावना र चाहनालाई सम्बोधन नभएको भन्दै नेकपा एमालेको प्रदेश १ सचिवालय सदस्य रामकुमार बस्नेत सहित पाँच जनाले सामुहिक राजीनामा दिएका छन् ।
पार्टीले आम कार्यकर्ताको भावना र चाहना विपरित गतिविधि गरेको महशुस गरी पार्टीबाट अलग रही नेकपा एमाले परित्याग गरेको भन्दै नेकपा एमालेका ४ जना प्रदेश कमिटी र एक जना जिल्ला कमिटिका पदाधिकारीले बिज्ञप्ती सार्वजनिक गरेका छन् ।
पार्टी परित्याग गर्नेहरुमा नेकपा एमालेको प्रदेश एक कमिटीका सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश १ कमिटी सदस्य प्रतापकुमार थापा, प्रदेश कमिटी सदस्य मधु गुरुङ्ग, प्रदेश कमिटी सदस्य राजकुमार बस्नेत र मोरङ्ग जिल्ला कमिटी सदस्य गीता शिवा रहेका छन् । उनिहरुले अपमानित भइ पार्टीमा रहनु भन्दा स्वतन्त्र हुनु उत्तम भएको निष्कर्ष निकाल्दै स्वतन्त्र रहन मातहतका सदस्यहरुलाई समेत अनुरोध गरेका छन् ।