इटहरीः अभिनेत्री रेखा थापाले मोरङ्ग क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गराएकी छन् ।
लामो समयदेखि चलचित्र क्षेत्रमा देखिएकी अभिनेत्री थापा यसैपालि राप्रपामा प्रवेश गरेकी हुन् । प्रस्तावक र समर्थकका साथ निर्वाचन अधिकृतको कार्यलयमा पुगेकी अभिनेत्री थापाले आइतबार दिउँसो करिव साढे १ बजे मनोनयन दर्ता गराएकी हुन् ।
थापाले राप्रपाबाट मोरङ्ग क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्दैछिन् । रेखासँगको प्रतिस्पर्धामा नेकपा एमालेका भानुभक्त ढकालको उम्मेद्वारी छ भने नेपाली कांग्रेसबाट डा. सुनिल शर्मा प्रतिस्र्धामा छन् ।