इटहरीः मोरङ्ग क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेश सभा उम्मेद्वारको लागि सिफारिस भएर टिकट नपाएपछि नेकपा एमालेको प्रदेश नम्बर १ कमिटीको सचिवालय सदस्य डिल्लीराम शर्मा अधिकारीले राजीनामा दिएका छन् ।  

आफु स्थानीय पार्टी कमिटीबाट सिफारिस भए पनि अधिकारीले केही व्यक्तिहरुको स्वार्थका कारण टिक वितरणमा पुर्वाग्राही ढंगले भएको भन्दै घोर आपक्ति समेत प्रकट गरेका छन् । उनले पार्टीका स्थानीय कमिटीको सल्लाह विपरित एकतर्फी रुपमा गएिको टिक वितरण आफुलाई अस्वीकार्य रहेको समेत बताएका छन् ।  

310766808_349821343994460_1408903586566097585_n

शनिवार पार्टीको प्रदेश नम्बर १ का अध्यक्षलाई राजीनामा बुझाउँदै अधिकारीले आफु २०३५ सालदेखि मोरङ्गको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर एमालेको राजनितिमा लागेको स्पष्ट पारेका छन् । अधिकारीले कार्यकर्ताको सुझावको अवमुल्यन गरी भएको टिकट वितरण पक्षपातपुर्ण, प्रलोभन र गुटगत राजनितिबाट अघि बढेको भन्दै पार्टीको माथिल्लो कमिटीको व्यवहारप्रति  घोर आपत्ति जनाउँदै प्रदेश सचिवालय सदस्यबाट राजीनामा दिएको बताएका छन् ।

अधिकारीले आफुले पार्टी त्याग गर्नुको कारण पार्टी कमिटीबाट भएको अवमुल्यननै रहेको बताएका छन् । ‘सम्पुर्ण जिवन पाटीृको निती , विधि र पद्धतीमा प्रतिवद्ध रहि आएकोमा गुटगत , व्यक्तिबाद राजनितिका कारण आफ्नो स्वाभिमानलाई बन्धक बनाई पार्टीमा रहि जिम्मेवारी बहन गर्न नसक्ने ठहर गर्दै यति लामो पार्टी जिवन यात्रा  दरिलो छाती बनाई पार्टी जिम्मेवारीबाट अलग हुने र स्वतन्त्र जिवन जिउने निर्णय गर्दै राजीनामा पेश गर्दछु । ’शर्माद्धारा पेश गरिएको राजीनामा पत्रमा भनिएको छ ।