इटहरीः नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् ।
शनिवार पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
‘नेकपा एमाले मोरङको तर्फबाट उम्मेद्वार सिफारिस गर्दा वा सम्र्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धती र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति मेरो पूर्ण असहमति रहेको व्यहोरा जानकारी गराउँदछु,’ खतिवडाले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ, ‘पार्टी कमिटीहरु कार्यार्थ हुन्, केबल बोधार्थ वा मानार्थ मात्र होइनन् ।
पार्टीले गर्ने निर्णयहरु वा सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो । तर अहिलेको उम्मेद्वारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णय विपरित रहेको व्यवहोरा अनुरोध छ ।