इटहरीः नेकपा एमाले सुनसरीका पुर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख द्धारिकलाल चौधरीले शुक्रबार आफ्नै निवास इटहरी १७ मा भव्य चियापान कार्यक्रम गरेका छन् । 

विजया दशमी, दिपावली , छैठ तथा इद पर्वको शुभकामना आदान प्रदान कार्यक्रम नाम दिइएको चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका सहित अन्य पार्टीका शिर्ष पदस्थ नेता तथा कार्यकर्ता र सरकारी कर्मचारीको समेत उपस्थिती रहेको थियो । 

चौधरीले यसै हप्ता मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै नेकमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

नेकपा एमालेको राजनितीमा लामो समय गुजारेका चौधरीले पार्टी प्रवेश गरेपछि सबै दलका प्रतिनिधि लाई बोलाएर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका हुन । 

310552331_783126939618436_7549629868146427611_n

पार्टीका नव प्रवेशी नेताको आयोजनामा गरेको भएकाले पार्टीका प्रभावशाली नेताहरुको समेत उपस्थिती रहेको चियापान कार्यक्रममा सहभागी भएकी संविधान सभा सदस्य अनिता परियारले जानकारी दिइन । 

शुभकामनाआदान प्रदान कार्यक्रममा नेकपा एमालेका इटहरी नगर अध्यक्ष याम कुमार सुव्वा, नेकपा एमालेका निर्वाचित वडा अध्यक्षहरु तथा नेपाली कांग्रेसका सुनसरी जिल्ला उपाध्यक्ष समेतको उपस्थिती रहेको थियो । 

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका निर्मल बराल, धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघा, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना कार्यक्रममा उपस्थितहरुको संख्या हेर्दा द्धारिकलाल हिजो नेकपा एमालेमा मात्रै होइन , कांग्रेस , माओवादी पनि हो रहेछ भन्ने रहेछ भन्ने झलक दिएको चियापानमा सहभागी नेतृ अनिता परियारको बुझाई छ । 

310995623_1058552658175842_3854643887507864591_n