इटहरीः आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सुनसरीका तीन ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

निर्वाचन आयोगले असोजको ११ र १२ गते नै निर्वाचन अधिकृतहरुलाई २ दिने तालिमको आयोजना गरी बिहिबारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै निर्वाचन लक्षित कार्यक्रमहरु शुरु गरेको हो । 

306523342_798199604794724_7743908012433597479_n

बिहिबारबाट सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयहरु खडा भएका छन् । क्षेत्र नम्बर एकको निर्वाचन अधिकृतको कार्यालय धरानमा स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ र ४ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम इनरुवामा र मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत इनरुवमा स्थापना गरिएको छ ।  

यता क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भने सुनसरीको दुहवीमा स्थापना गरिएको छ । घोषित निर्वाचनका लागि निर्वाचन आयोगले असोज २३ गते मनोनयन दर्ता गर्ने कार्यसुचि तोकेको छ ।

301917072_2973205492979305_7154904332166990119_n