धनकुटाः दशै नमानेको आरोपमा हत्या गरिएका धनकुटाका रिदामा र राम्लिहाङको स्मरण गर्दै श्रद्धाञ्जली सभाको आयोजना सम्पन्न भएको छ ।
बुधबार धनकुटा नगरपालिका स्थित चोङ्सोङ्मा भन्ने स्थानमा औपचारिक कार्यक्रम गरि श्रद्धाञ्जली सभाको आयोजना गरिको हो । किरात आठपहरिया केन्द्रिय समितिको आयोजनामा दशैको टिकाको दिन श्रद्धाञ्जली सम्पन्न भएको छ ।
सांस्कृतिक सहिद रिदामा र राम्लिहङको पुर्ण कद रहेको शालिकमा खादा लगाएर श्रद्धाञ्जली सभा गरिएको हो । किरात आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सारकुमारि आठपहरियाको अध्यक्षता दुई सांस्कृतिक सहिदलाई खादा लगाई श्रद्धाञ्जली अर्पण गरेका हुन । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष सारकुमारि आठपहरियाले दशैको टिकाको दिनलाई कालो दिन भएको बताए ।
तत्कालीन शासकले रिदामा र राम्लिहाङलाई दशै नमानेको आरोपमा तड्पाई तड्पाई मारेको बताए । यसरि निर्ममता पुर्वक कुटपिट गर्दा पनि नमरेपछि चोङ्सोङम भन्ने स्थानमा लगेर झुण्ड्याएको बताए । उनले यसरी आफ्ना पुर्खालाई हत्या गरेको भन्दै दशै नमनाउन सबैलाई आग्रह गरे । देश बिदेशमा दशैको टिकाको दिन रिदामा राम्लिहाङको स्मरण गरेको भन्दै उनिहरु सबैको सहिद भएको बताए । दुबै जनालाई यसरी स्मरण गर्नुपर्ने बताए ।
श्रद्धाञ्जली सभामा आठपहरिया भाषामा रिदामा र राम्लिङको पिडाको गीत पनि सुनाएका थिए । सभामा मङोल नेशनल अर्गनाइजेसन डा। गोपाल गुरुङ समुहका संघीय सभा अध्यक्ष बिरलाल वलाहाङको नेतृत्वमा आएका समुहले समेत श्रद्धाञ्जली सहित खादा लगाई स्मरण गरे ।
तत्कालीन शासकले आठपहरिया समुदायका रिदामा र राम्लिहाङलाई नवमिको दिन दशै नमानेको आरोपमा हत्या गरिएको इतिहासमा उल्लेख छ । किन दशै नमानेको भनेर तत्कालीन शासकले केकार गर्दा दशै हाम्रो चाड होइन आफ्नै चाडको लागि चोङ्सोङममा पानी चडाई पुजा गर्दै गरेको अवस्थामा पक्राउ गरि क्रुर यातना सहित हत्या गरिएको उल्लेख छ ।
जनयुद्ध कालमा स्थानीय तहमा जनप्रतिनिधि नभएको अवस्था सारकुमारि आठपहरिया पनि दलिय संयत्रबाट कार्यपालिकामा सहभागी भएका थिए । सोहि अवसरमा रिदामा र राम्लिहाङको पुर्ण कदको शालिक बनाउने पहलपछि चोङ्सोङम हालको झुण्डुवामा शालिक निर्माण गरिएको सारकुमारिले बताएईन । दशै पहिला देखि नै नमाउने गरेको बताउदै सारकुमारिले किन नमनाएको भन्ने कुरा तेतिबेला थाहा नभएको बताए । तर पछि थाहा पाएपछि भने शालिक निर्माण गरिएको बताए । उनले नेपालकै पहिलो सहिद भएको दाबि गर्दै रिदामा राम्लिहाङलाई पहिलो सहिद घोषणाको माग निरन्तर गर्दै आईरहेका छन ।