बेलबारी: मोरङको बेलबारीमा रहेको श्रमिक महिला समूहले बेलबारी १ मा रहेको जनएकता आधारभूत विद्यालका ८० जना विद्यार्थीलाई विद्यालय पोशाकअन्तर्गत स्वीटर वितरण गरेको छ ।
जाडोमा न्यनो कपडाको अभावमा विद्यार्थीले पठनपाठन छाडेर घरमै बस्नु नपरोस् भनेर स्वीटर वितरण गरिएको संस्थाकी अध्यक्ष नितु थापाले बताइन् । संस्थाले बजारवासीबाट कपडा सङ्कलन गरेको जनाएको छ ।