इटहरीः झापा जिल्ला कारागारबाट उपचारका लागि विराटनगर ल्याइएका दुई जना कैदी बन्दी अस्पतालबाटै फरार भएपछि दशैँको मुखमा प्रहरीलाई तनाव बढेको छ । 

क्षयरोग देखिएपछि उपचार गराउन ल्याएका दुई कैन्दीबन्दी अस्पतालबाटै फरार भएका हुन् । 

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् ।  क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका  अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहानको राति फारार भएका हुन् ।

हेमरम जवरजस्ती करणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पूर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पूर्वपक्षका लागि थुनामा पठाएको थियो ।

उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।