विराटनगरः  एक १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित बताएका छन् ।

उनले मंगलबार ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको उद्घाटनपछि बोल्दै सो कुरा बताएका हुन् । उनले प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताए ।

मन्त्री कार्कीले मन्त्री कार्कीले प्रहरी चौकीका भवन मात्रै नभएर विकासका हरेक गतिविधि संघीयता संगै चलायमान हुँदै गएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कांशीराज दहालले सुरक्षाका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताए  । प्रदेश सरकार आएपछि प्रहरीको सुरक्षाका साथै भवनको निर्माण तथा व्यवस्थापन अनुभूति हुने गरि गरेको उनले बताए ।

1 pc  (3)

१ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवनको निर्माण भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।