इटहरीः महिला मानव अधिकार रक्षक सञ्जाल सुनसरीको पाँचौ साधारणसभाले ३ बर्षका लागि इनरुवाकी सहजादी प्रविणको अध्यक्षताका नयाँ कार्यसमिति निर्माण गरेको छ ।
शनिवार इनरुवाको स्टार होटलमा भएको बार्षीक साधारणसभाले उपाध्यक्षमा दुहबीकी कोषिला चौधरीलाई चयन गरेको छ ।
सञ्जालको सचिवमा इटहरीकी सुशिला उप्रेती, सह सचिवमा इनरुवाकी विनिता दाहाल रिजाल, कोषाध्यक्षमा बर्जु गाँउपालिकाकी विना चौधरीलाई चयन गरेको छ ।
साधारणसभाले इटहरीकी दिलकुमारी राई, सिता शेर्पा राई, इनरुवाकी चित्रा सुवेदी,सरिता कार्की र कमला खत्वेलाई सदस्य चयन गरेको छ ।
त्यसैगरि गढी गाँउपालिकाकी रिभा कर्ण र अनिता चौधरी सदस्यमा चयन भएका छन् । सो साधारणसभाले पकलीकी सविना सेख, तनमुनाकी सुशिला चौधरी, भोक्राहाकी आफिना वानो, कोशी गाँउपालिकाकी कविता मण्डल, बराहक्षेत्र नगरपालिकाकी सविता साह र हरिनगरकी अफिका खातुनलाई सञ्जालको जिल्ला सदस्यमा चयन गरिएको छ ।
त्यसैगरि दुहबी नगरपालिकाकी सरिता चौधरी र रोजिता खातुनलाई पनि जिल्ला सदस्यका रुपमा साधारणसभाले चयन गरेको छ । त्यस्तै द्धन्द्ध पिडित लक्ष्मि भुजेललाई पनि सञ्जालको साधारणसभाले जिल्ला सदस्यमा चयन गरेको छ ।
सञ्जालको साधारणसभाले मेनुका खतिवडा, सरस्वती कार्की, तोया गिरी र लता भट्टराईलाई सल्लाहकारका रुपमा चयन गरेको छ ।
महिलाहरुको मानवअधिकार र महिला हिंसाका विरुद्ध जिल्ला तहमै कार्य गर्दैको सञ्जालले स्थानीय तथा केन्द्र तहमा उठ्ने महिलाहरुका महत्वपूर्ण सावलमा कार्य गर्दै आएको सञ्जालकी संस्थापक जिल्ला सचिव समेत रहेकी हालकी सल्लाहकार तोया गिरीले जानकारी दिइन् । सञ्जालको पहिलो बैंठक दशैपछि अनुकुल समय मिलाएर बस्ने र महिलाहरुको अधिकारका बिषयमा महत्वपूर्ण निर्णय गर्ने नवनिर्वाचित जिल्ला सचिव शुसिला उप्रेतीले जानकारी दिइन् ।