विराटनगरः यहि असोज २८ गते देखि कार्तिक महिनाको ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी शनिवार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रर्दशनी गरिएको छ । 

विराटनगर स्थित शहिद रंगशालामा शनिवार आयोजित भव्य कार्यक्रमका विच प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले ट्रफीको पर्दा खोल्दै प्रदर्शन गरेका छन् ।  राष्ट्रिय खेलकुद परिषदले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी देश व्यापी टुरमा निकालेको हो । 

ट्रफीको प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका अर्थिक मामिला मन्त्री इन्द्र आङ्गवो, सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायत बोर्डका सदस्यहरुको उपस्थिती रहेको थियो । 

ट्रफी प्रदर्शन कार्यक्रममा बोल्दै सदस्य सचिव हंशराज वाग्लेले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलका लागि आवश्यक पर्ने बजेट विनियोजन लगायतका कुराहरुमा प्रदेश सरकारले सहयोग गरेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेका थिए । 

१५ हजार भन्दा बढि खेलाडीबाट जिल्ला छनौट गर्दै प्रदेश स्तरिय छनौट प्रतियोििगताको आयोजना गरेको र प्रदेश छनौटमा साढे पाँच हजार भन्दा बढि खेलाडी सहभागि हुँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकबाट ७ सय ६ जना खेलाडीले सहभागिता जनाउने सदस्य सचिव वाग्लेले बताए । 

  1. 779761ae-8318-4cc7-aab2-62b3db2359d0

कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले संघीय संरचनामा आइसकेपछि प्रदेश सरकार मातहतबाट पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका कतिपय कुराहरु पुरा गर्न नसकेपनि सरकारले खेललाई माया गरेको र भोली आवश्यक परेको खण्डमा सहयोग गर्ने बताए । 

प्रदेश सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेल संचालन गर्न आवश्यक पर्ने बजेट बोर्डले मागे बमोजिमनै उपलव्ध गराएको मुख्यमन्त्री राईको भनाई छ । 

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री राजन राईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर प्रदेशका लागि मेडल ल्याउने खेलाडीहरुलाई सरकारले उचित पुरस्कार र सम्मान गर्ने बताएका थिए । 

आजै बुद्ध एयरको जहाजबाट  प्रदेश एक आएको नवौँ राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शनी गरिएको थियो । सो ट्रफी भोली असोज ९ गते सशस्त्र प्रहरी बलको हल्चोक स्थित मुख्यालय र असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको राजजानकी मन्दिर पुर्याइने कार्यक्रम रहेको छ ।  त्यसपछि ट्रफीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थल गण्डकी प्रदेशको पोखरा पुर्याइने कार्यक्रम रहेको छ ।

ट्रफी टुरको कार्यदमा संयोजक ओलम्पियन दिपक विष्ट तथा सदस्यहरु नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी दिपक श्रेष्ठ, राष्ट्रिय भलिवन टिमकी कप्तान अरुणा शाही र अन्ट्रा धाविका मिरा राई रहेका छन् ।