इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिहिबारदेखि शुरु भएको प्रदेश १ स्तरीय रग्वी खेलको छनौट प्रतियोगिताको पुरुष तर्फको उपाधि पनि इलामले हात पारेको छ । 

प्रदेश १ का १४ जिल्लामध्ये पाँच वटा जिल्लाबाट रग्वी खेलका खेलाडीहरु छनौट प्रतियोगितामा सहभागी भएकोमा इलाम र फाइनलमा मोरङ्गलाई पछि पार्दै उपाधि हात पारेको हो । 

महिला रग्वीको उपाधि पनि इलामले नै जितेको थियो । 

प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई रग्वीका शुभचिन्तक एंव पुर्व राखेप सदस्य किरण गिरीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।