इटहरीः मोरङ्गको विराटनगरमा रहेको सहिद रंगशालामा मंगलबार भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नम्बर १ को पुरुष फुटबल छनोटको  खेलमा मोरङ, सुनसरी, संखुवासभा र  भोजपुर विजय भएको छ ।

बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङले ताप्लेजुङलाई निर्धारित समयमा दुई–दुई गोलको बराबरी पछि सडनडेथमा ७–६ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

खेलमा सुरुवाती गोल ताप्लेजुङले ३३ औं मिनेटमा जर्सी नं ९ का खेलाडी मन्जित लिम्बुले गोल गरेका थिए । पहिलो हाफमा ताप्लेजुङले मोरङ माथी १–० को अग्रता बनाएको थियो ।

मोरङको लागि बराबरी गोल ४९ औं मिनेटमा जर्सी नं ३ का खेलाडी बिक्रम धिमालले गोल गरेका थिए । यस्तै ताप्लेजुङको लागि खेलको ६६ औं मिनेटमा जर्सी नं ६ का खेलाडी विवेक लिम्बू गोल गर्दै टिमलाई अग्रता दिलाए पनि  मोरङको लागि ८० औं मिनेटमा जर्सी नं ७ का खेलाडी कोमल खवासले बराबरी गोल गर्दै निर्धारित समयामा दुवै टिम २–२ गोलको बराबरी पछि सडनडेथमा ७–६ गोलले जित्दै सेमिफाइनल पुगेको छ ।

307787060_570469011430642_1763333850554961020_n

यस्तै दोस्रो क्वाटरफाइनल खेलमा धनकुटालाई जित्दै सुनसरी सेमिफाइनल प्रवेश गरेको छ । निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलीले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए ।

धनकुटाले ४३ औं मिनेटमा जर्सी नं १४ का खेलाडी बुद्धराज लिम्बुले गोल गरेका थिए । त्यसको ६० औं मिनेटमा सुनसरीको लागि जर्सी नं १० का खेलाडी समीर राईले बराबरी गोल गरे । त्यस पछि दुवै टिमबाट गोल नभए पछि सडनडेथमा सुनसरीले धनकुटालाई ८–७ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको छ ।

यस्तै आज भएको तेस्रो क्वाटरफाइनल खेलमा संखुवासभाले ओखलढुंगालाई ३–२ गोलले हराउदै सेमिफाइनल पुग्न सफल भएको छ ।

खेलमा १३ औं मिनेटमा ओखलढुंगाको लागि जर्सी नं ११ का खेलाडी राजु सुनुवारले अग्रता दिलाएका थिए । यस्तै संखुवासभाको लागि २६ औं मिनेटमा जर्सी नं ९ का खेलाडी आरुश श्रेष्ठले बराबरी गोल गरे भने पहिलो हाफको ४२ औं मिनेटमा ओखलढुंगाका जर्सी नं ८ का खेलाडी विवेक मगरले गोल गरेका थिए ।

307771974_611129804048847_7663737946831580896_n

दोस्रो हाफमा संखुवासभाको लागि खेलको ५० र ७५ औं मिनेटमा जर्सी नं १० र ६ का खेलाडी जीवन राई र सुशील जिमिले क्रमश एक–एक गोल गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भए । अब संखुवासभाले भोली हुने पहिलो सेमिफाइनल खेलमा मोरङसंग खेल्ने छ ।

यस्तै आजको अन्तिम क्वाटरफाइनल खेलमा भोजपुरले इलामलाई ३–३ को बराबरी पछि ट्राइब्रेकरमा ४–२ गोलले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा भोजपुरले ३३ र ३७ औं मिनेटमा जर्सी नं ११ का खेलाडी विजय भुजेल गोल गरे भने एक गोल उपहार प्राप्त गरेको थियो । ३ गोलले पछि परेको इलाम खेल ५१ र ७६ औं मिनेटमा जर्सी नं १० का खेलाडी माल्दिना आङ्ग्थुपोले गोल गर्यो भने थप एक गोल ६० औं मिनेटमा जर्सी नं १४ का सन्दिप लिम्बु गोल गरि खेल बराबरी पुर्याएका थिए । अब भोली भोजपुरले सुनसरीसँग सेमिफाइनल खेल्ने छ ।

308401646_882378026469749_2591195507350733800_n