इटहरीः प्रदेश १ स्तरीय कवड्डी प्रतियोगितामा पुरुष तर्फ झापा र महिला तर्फ सुनसरीलाई स्वर्ण पदक प्राप्त भएको छ  । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झापाको बिर्तामोडमा सम्पन्न प्रदेश छनौट प्रतियोगिता अन्तर्गतको खेलमा पुरुष तर्फ सुनसरीलाई रजत पदक र मोरङ्ग र सोलुखुम्बुलाई कास्य पदक प्राप्त भएको हो  । 

प्रदेश १ का १४ वटा जिल्लाको सहभागितामा भएको खेलमा महिला तर्फ सुनसरीले स्वर्ण पाएको छ भने मोरङ्गले रजत पदक जित्न सफल भएको छ । यसैगरी महिला तर्फ धनकुटा र झापाले कास्य पदक जित्न सफल भएको छनौट कवड्डी तर्फकी सिनियर प्रशिक्षक पार्वती राईले जानकारी दिइन् ।