इटहरीः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृत रहने स्थान र निर्वाचन अधिकृतको नामावली सार्वजनिक गरेको छ ।
आयोगले बिहिबार एक सुचना जारी गर्दै असोज ११ गतेदेखि लागु हुने गरी निर्वाचन अधिकृतहरुको नियुक्ति गरिएको जानकारी गराएको छ ।
प्रतिनिधिसभाको पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय मेचिनगर नगरपालिकामा रहने छ भने क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृतको रुपमा टंकबहादुर महत नियुक्त भएका छन् । सुचना तथा प्रविधि मन्त्रालयको कानुन तर्फका उपसचिव रहेका महतले असोज ११ गतेबाट झापा जिल्ला क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको जिम्मेवारी लिनेछन् ।
यस्तै झापा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय विर्तामोड नगरपालिकामा रहने भएको छ भने क्षेत्र नम्बर २ का लागि केशवप्रसाद पन्तले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन । मुख्य न्यायाधिवत्ताको कार्यलय प्रदेश नम्बर एक विराटनगरमा उपन्यायाधिवत्ता रहेका पन्तले ११ गते असोजबाट नियुक्ति लिनेछन् । यस्तै झापा क्षेत्र नम्बर ३ को कार्यलय जिल्ला सदरमुकाम भद्रपुरमा रहने भएको छ ।
जिल्ला सदरमुकाममा रहने निर्वाचन क्षेत्र नम्बर ३ का लागि झापा जिल्ला अदालतका जिल्ला न्यायाधिस प्रकाश गौतमलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
यता झापाको क्षेत्र नम्बर ४ का लागि निर्वाचन अधिकृतको कार्यालय कन्काई नगरपालिकामा राखीने भएको छ । क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको जिम्मा जिल्ला सरकारी वकील कार्यलय झापाका जिल्ला न्यायाधिवक्ता प्रकाश गौतमले पाएका छन् । यस्तै झापाको क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यलय दमक नगरपालिकामा रहने भएको छ ।
दमक नगरपालिकामा रहने निर्वाचन अधिकृतको कार्यलयको लागि महान्यायाधिवत्ताको कार्यलय काठमाण्डौका उपन्यायाधिवत्ता डम्बरप्रसाद काफ्लेले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।
जिम्मेवारी तोकिएका निर्वाचन अधिकृतहरुले असोज १२ र १३ गते हुने निर्वाचन सम्बन्धि तालिममा सहभागी हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।