विराटनगरः मोरङका ६ वटै निर्वाचन क्षेत्रमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले मुख्य निर्वाचन अधिकृत सहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकेको हो । 

निर्वाचन आयोगले जारी गरेको सुचना अनुसार मोरङ जिल्लामा जिल्ला अदालत मोरङ जिल्ला न्यायधिश दुर्गाप्रसाद ढुङ्गेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ समेत हेर्नेछन् । 

आयोगले निर्वाचन क्षेत्र नम्बर ५ मा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर १ का उपसचिव गणेश नायकलाई निर्वाचन अधिकृत तोकेको छ । 

305376637_867194020888362_4500961513871111929_n

उच्च अदालत विराटनगरका उप रजिष्टार मणिराम पोखरेललाई आयोगले मोरङको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृत तोकेको छ । त्यसैगरि जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायधिवक्ता रामहरि शर्मा काफ्ललेलाई आयोगले निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत तोकेको छ । 

निर्वाचन आयोगद्धारा जारी सुचना अनुसार उच्च अदालत पाटनका उपरजिष्टार नगेन्द्रकेशरी पोखरेललाई मोरङको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तोकिएको छ । 

आयोगले मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा सर्वोच्च अदालत काठमाण्डौंका इजालास अधिकृत गोपालप्रसाद थापालाई निर्वाचन अधिकृत तोकेको छ ।