इटहरीःआगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले सुनसरी जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । 

 निर्वाचन आयोगले जिल्लाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत सुनसरीका न्यायधिश अर्जुन अधिकारीलाई जिम्मेवारी तोकेको छ । उनलाई जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को जिम्मेवारी पनि दिइएको छ । 

308120535_1199350387297069_1541775135125175709_n 1

सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा सर्वोच्च अदालत काठमाडौंका इजालास अधिकृत रुद्रप्रसाद अर्यालललाई निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी दिइएको छ । आयोगले सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता एकराज अधिकारीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । 

त्यसैगरि सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राजस्व अनुसन्धान विभाग ललितपुरका उपन्यायधिवक्ता विदुरकुमार कार्कीलाई निर्वाचन अधिकृत तोकेको निर्वाचन आयोगले जनाएको छ ।