विराटनगरः सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संविधानसंगैको सङ्घीयताले विकासका गतिविधि चलायमान बनाएको बताएका छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री कार्कीले केन्द्रीकृत मानसिकताबाट ग्रसित मुलुकमा संविधानसँगैको सङ्घीयताले बिकेन्द्रित बनाएको बताएका हुन् ।
‘हरेक क्षेत्रमा विकाशका गतिविधिहरू चलायमान हुँदै गएका छन् । सन्देशमा भनिएको छ, आवश्यक कानून निर्माण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको नियन्त्रण तथा नैतिक शिक्षाको जोडमा प्रदेश १ सरकार, त्यसमाथि यस मन्त्रालय जुटेर लागेको अवगत गराउँदछु ।’
घरघरमा दीपावली गर्न अपिल
प्रदेश सरकारले दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी आम नागरिकलाई आ–आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिल गरेको छ । यस्तै सरकारले मङ्गलवार दीपावली गरेर दिवस समापन गर्ने छ । २०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ ।