इटहरीः नेपालकी चर्चित नायिका तथा चलचित्र निर्माता रेखा थापा यतिबेला काठमाण्डौंको बसाई छाडेर आफ्नो गाँउ पुगेकी छन् ।

मोरगंको सुन्दरहरैंचा नगरपालिका सलकपुर स्थायी घर भएकी उनि पछिल्लो समय चलचित्र भन्दा पनि राजनितिमा अलिक बढी व्यस्त छिन् । आउदो मंसिर ४ गते संघीय र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै उनलाई राप्रपाले मोरगं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा लागि उम्मेदवारका रुपमा अघि सारेको छ । 

302721581_643914353771200_7131435770659098538_n

उनलाई पार्टीले उम्मेदवारका रुपमा अघि सारे लगत्तै नायिका थापा गाँउ फर्किएर मतदाताहरुको घर दैलौमा प्रत्येक दिन पुगेर समस्या बुझ्नुका साथै आफुलाई एक पटक मतदान गर्न आग्रह गरिरहेकी छन् । मतदाताको अपार माया पाईरहेकी उनी निर्वाचन जित्नेमा ढुक्क छिन् । सो निर्वाचन क्षेत्रबाट एमालेका तर्फबाट पूर्व मन्त्री भानुभक्त ढकाल र कांग्रेसका तर्फबाट नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई उम्मेद्वारका रुपमा अघि सारेको छ । 

306273259_643913827104586_7416732467679397266_n