बेलबारीः बेलबारी नगरपालिकाले नगरभित्रका निम्न आय भएका नागरिकलाई लक्षित गरी प्राविधिक विषय अध्ययनको लागि सहजीकरण गर्न थालेको छ ।
हाल बेलबारीले ३४ जनालाई अध्यापन गराइरहेको बताइएको छ । उपमेयर ढाकाकुमारी पराजुलीका अनुसार मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीसँगको सहकार्यमा नगरपालिकाले विद्यार्थीलाई पढाइरहेको हो । सिएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (बाली विज्ञान), कृषि डिप्लोमा (पशु विज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह (नर्सिङ), डिप्लोमा इन सिभिल लगायतका विषयको अध्ययनका लागि नगरले सहयोग गरेको हो ।
दक्ष जनशत्ति उत्पादन गर्नका लागि विद्यार्थीहरूमा लगानी गरेको पराजुलीले बताइन् ।