इलामः इलाममा सञ्चालित माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले १ अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् ।

आयोजनाको प्रवद्र्धक सामलिङ पावर कम्पनी र बैंकका प्रतिनिधिबीच काठमाडौंमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको बताइएको छ । ९ मेगावाट क्षमताको सो आयोजनामा बैंकले कुल लगानीको ७५ प्रतिशत र प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्ने भएका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा ४ रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसामा खरीद गर्ने सम्झौता भइसकेको छ ।