इटहरीः नेकपा माओवादी केन्द्रले सुनसरीका ४ वटै क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीको जिल्ला समन्वय समितिका संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु) का अनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ पार्टीका प्रदेश सचिवालय सदस्य मुक्साग मेन्याङ्बो (मुकेश) पार्टी केन्द्रीय सदस्य किरण राई र पार्टीको प्रदेश सदस्य फोक्साहाङ मेन्याङ्बो (चोत्लुङ) को नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट पार्टी केन्द्रीय सदस्य तथा पूर्वकृषि राज्यमन्त्री रामकुमारी चौधरी, पार्टी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिताकुमारी परियार र पार्टीको इटहरी नगर कमिटी इन्चार्ज सगरमाथा आरोहीसमेत रहेका मदन चुडालको नाम छ । यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ बाट पार्टी केन्द्रीय सदस्य सुरेन्द्र मेहता र पार्टी प्रदेश सदस्य डम्बरप्रसाद काफ्लेको नाम परेको छ भने सुनसरी क्षेत्र नम्बर ४ बाट पार्टी केन्द्रीय सदस्य एकचन्द्र बराल (निर्मल) र प्रदेश कमिटि सदस्य सन्तोष थारु (विश्व) को नाम सिफारिस भएको छ ।
माओवादी केन्द्रले संघीय निर्वाचनको लागि समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख राजेन्द्र किराँती, प्रदेश कमिटी सदस्य सावित्री चौलागार्इँ (भूमिका), पार्टीका पूर्णबहादुर भुजेल, प्रताप प्रकाश स्वागुन (दीपेश), रामलखन उराव र श्यामकुमारी साहलाई प्रस्ताव गरेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले सुनसरी जिल्लाका ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि पनि उम्मेदवारको नाम सिफारिस गरी प्रदेश कमिटीमा पठाएको छ । प्रदेशसभाको लागि सिफारिस भएका नामहरुमा प्रत्यक्ष तर्फ सुनसरी क्षेत्र नम्बर १ (क) को लागि मुक्साहाङ सुव्वा लिम्बूको नाम एकल रुपमा सिफारिस भएको छ भने प्रदेशसभाको क्षेत्र नम्बर १ (क) को लागि समानुपातिकतर्फ दिलबहादुर रामदान, लंकमान विक, पुष्प बस्नेत, गंगा पौडेल (बराल), विजय ढांगा, मिगमा भोटे, डम्बरी देवा, चेतना श्रेँग, चन्द्र उदास, सर्वजित राई, शारदा मास्के र जीवन राईको नाम सिफारिसमा परेको छ ।
यसैगरी सुनसरी क्षेत्र नम्बर १ (ख) को लागि मुक्साहाङ सुव्वा लिम्बू ,उमिता बराइली, पुष्प ढुङ्गाना, अशोक राई र अमित गौतमको नाम सिफारिस भएको छ भने १ (ख) को समानुपातिकतर्फ खस आर्य तर्फबाट इन्द्र सुवेदी, थारुतर्फ शैलेन्द्र राजधामी, महिलातर्फ कमला राई र आदिवासी जनजातितर्फ जसकुमार राई र मणिकुमार राईको नाम सिफारिस भएको छ । प्रदेशसभाको क्षेत्र नम्बर २ (क) तर्फ प्रत्यक्षमा संविधानसभा सदस्य अनिता परियार, प्रदेश उपाध्यक्ष शिवकुमार डाँगी, प्रदेशसभाकी वर्तमान उपसभामुख सरस्वती पोखरेल, चन्द्रकुमार चौधरी र दिनेश चौधरीको नाम प्रदेश कमिटीमा पठाइएको छ भने क्षेत्र नम्बर २ (क) मा समानुपातिकतर्फ मधेसी तर्फ उमेश साह, दलिततर्फ सपना परियार, लोकेन्द्र गदाल, खसतर्फ सुशीला उप्रेती र सिर्जना राई सिफारिसमा परेका छन् भने थारुतर्फ दिनेश चौधरी, भगवती चौधरी, आदिवासी जनजातितर्फ बहादुरसिंह तामाङ (ज्वाला) सिफारिस भएका छन् । यसैगरी, नेकपा माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर २ (ख) तर्फ प्रत्यक्षबाट सुरेन्द्र मेहताको एकल नाम सिफारिस गरेको छ । यस्तै २ (ख) मा समानुपातिकतर्फ योगन्द्रप्रसाद मण्डल (पप्पु), मुन्नी मेहता, दलिततर्फ बेचन खत्वे, खस आर्यतर्फ तोया गिरी पोद्दार र अल्पसंख्यकतर्फ बद्रीनायारण माझीको नाम सिफारिस भएको छ ।
नेकपा माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर ३ (क) तर्फ प्रत्यक्षबाट प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल, हैदर अलि र मनोज निरौलाको नाम प्रदेश कमिटीमा पठाएको छ भने समानुपातिकतर्फ मुस्लिममा रोजिना खातुन, हैदर अलि, अव्वास मियाँ, आलम मियाँ, दलिततर्फ राकेश बराइली र रोशन घिमिरेको नाम हालेको छ भने खस आर्यतर्फ भानुभक्त मैनाली, अल्पसंख्याकतर्फ लक्ष्मी भुजेल, विनोद अग्रवाल, थारुतर्फ खगेन्द्र चौधरी र असिराम चौधरी परेका छन् । यस्तै, सुनसरी क्षेत्र नम्बर ३ (ख) तर्फ प्रत्यक्षबाट प्रभुनारायण यादवको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने मधेसीतर्फ देवी रिजाल, गणेशी यादव र लालबाबु राय छन् । यस्तै अल्पसंख्यकतर्फ राजकुमार उराव र थारुतर्फ सुनिता विश्वासको नाम प्रदेश कमिटीमा सिफारिस गरी पठाइएको छ ।
यता, सुनसरी क्षेत्र नम्बर ४ (क) मा प्रत्यक्ष तर्फ नरेन्द्र बस्नेतको नाम सिफारिस भएको छ भने समानुपातिकमा योगेन्द्रप्रसाद मण्डल, मुस्लिमतर्फ बसिरा खातुन, दलिततर्फ तिलक कालीकोटे, र रमिता घिमिरे, अल्संख्यकतर्फ धर्मलाल उराव, आदिवासी जनजातितर्फ शहीद परिवारकी पुण्यवति श्रेष्ठ अनि आदिवासी जनजातिबाटै संगीता किराँतीको नाम पनि सिफारिस गरिएको छ । पार्टीले सुनसरी क्षेत्र नम्बर ४ (ख) मा प्रत्यक्षबाट जाकिर हुसैन र ओमकार दाहालको नाम सिफारिस गरेको छ भने समानुपातिकमा मधेसीतर्फ ४ ख बाट समानुपातिकबाट देवनरायण मण्डल, श्यामदेव यादव, सावित्रीदेवी मण्डल, मुस्लिमतर्फ दिल महम्मद मियाँ र दलिततर्फ चौलेन्द्र परियारको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ ख बाट अपागं तर्फ समानुपातिक तर्फबाट ओके दाहालको नाम प्रदेशमा सिफारिस भएको छ । चाँडै नै जिल्ला कमिटीबाट पठाइएका नामहरुको बारेमा प्रदेश कमिटीको बैठक बोलाएर टुङ्गो लगाई माथिल्लो कमिटीमा पठाइने नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष शिव कुमार डाँगी बताउँछन् ।