इटहरीः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युबा संघ नेपालको महाकाली मेची जागरण अभियान सम्बद्ध युबाहरुलाइ बुधबार इटहरीमा भब्य स्वागत गरिएको छ ।
भदौ १५ गतेदेखि जागरण अभियान बोकेर हिडेका युबा संघ नेपालका युबाहरुलाइ नेकप एकीकृत समाजबादिका केन्द्रिय सदस्य केशब कुमार बिस्ट सहित सुनसरी जिल्ला कमिटीका पदाधिकारी तथा पार्टीको भातृ संगठनका युबाहरुले अबिर लगाएर युबाहरुको स्वागत गरेका हुन् ।
बुधबार साँझ इटहरीमा आइपुगेको युबा संघको टोलीलाइ नेकपा एसका सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौला , सुनसरी इन्चार्ज महफुज आलम, सुनसरी उप सचिब राजेश भण्डारी , इटहरी नगरकामिटि इन्चार्ज केवल फुयाल साथै विभिन्न भातृ संगठनका युबा तथा पदाधिकारीले भब्य नाचगान सहित इटहरीमा स्वागत गर्दै पुर्बी मेची तर्फको यात्रामा साथ दिएका थिए ।
इटहरीको भेलाले युबाहरुलाइ सुनसरीको सीमाना बुढीखोलासम्म पुर्याएर छोडेको एकीकृत समाजवादी सुनसरीका युवा फाँट इन्चार्ज राजेश भण्डारीले जानकारी दिए । टोलीलाई भोलि बिहान मोरगंको गोठगाँउमा भब्य स्वागत गरि झापा तर्फ पठाउने कार्यक्रम रहेको बुझिएको छ ।