इटहरीः सुन्दर विचारका धनि सुन्दरमणि राई खोटाङ्गको बाक्सिलाका हुन् । हाल उनी इटहरी १९ मा बसोबार गर्छन् । समाजसेवामा अग्रसर उनी उत्तिकै राजनीतिक चेत भएका व्यक्तिसमेत हुन् । 

विगतमा बिभिन्न भूमिकासहित राजनीतिक दलमै आबद्ध राई झण्डै १ वर्षृअघि ६ सयभन्दा बढी कार्यकर्तासहित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । हाल उनी नेकपा एसका सुनसरी जिल्ला उपाध्यक्ष तथा आर्थिक विभाग प्रमुख एवं सुनसरी क्षेत्र नम्बर २ का निर्वाचन कमिटी संयोजकसमेत छन् । आदिवासी जनजातितर्फ सुनसरी २ (क) को प्रदेशसभामा समानुपातिकतर्फ सिफारिस भएका सुन्दरमणि अबको नेतृत्वमा युवा आउनुपर्छ भन्ने भनाइका पक्षधर हुन् । देशलाई कोरोनाले आहत बनाउँदै गर्दा सुन्दरमणिहरु गरीब बस्ती र झुपडीमा राहत बाँड्दै थिए । आफ्नै एकल तथा सामुहिक प्रयासमा एक हजारभन्दा बढी घरधुरीमा राहत बाँडेको सुन्दरमणि सुनाउँछन् । 

रामधुनीको वडा नम्बर ७ र इटहरीका २० वटै वडामा पुगेका उनले एकातिर मात्र ड्र«ेन बनाएर मुसहरहरु रहेको बस्तीलाई खतरा निम्ताएपछि अधिकारकर्मी र पत्रकारसहित रामधुनी ७ को मुसहर बस्तीमा पुगेर बस्ती जोगाउन खबरदारी गरेका थिए । अहिले उनले मुख्यमन्त्री कार्यालयमार्फत् सिंचाइमा आवाज उठाएर सोही मुसहर बस्ती जोगाउन अर्कोतिरबाट ५ लाख रुपैयाँको बजेटले तारजाली सहितको ड्र«ेनको निर्माण सकाएका छन् । त्यति मात्र नभएर खोटाङ्गको बुइपाका दिनेश राईको बचाउ अभियानमा सक्रिय भूमिका खेलेका सुन्दरमणिले धरानस्थत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहल गरेर साढे ९ लाख सम्मको छुट सुविधा उपलव्ध गराउन सफल भएका थिए भने आफ्नो पहलमा एक लाख ९५ हजार रुपयाँ सहयोग संकलन गरेर पीडितलाई उपलव्ध गराएको सुन्दरमणि बताउँछन् । 

305337265_447433927404975_8256754112165758840_n

घरगाउँको बाटोघाटोको निर्माण तथा मठमन्दिरको लागि सहयोग गर्न अग्रणी भूमिकामा देखिने राईले शिक्षा क्षेत्रमा प्रयोगात्मक कक्षाको कमजोरी रहेको महसुस गर्छन् । पार्टीको जनजाति कोटाबाट पहिलो नम्बरमै समानुपातिकमा सिफारिस भएका सुन्दरमणि आफू प्रदेशसभामा पुग्न सकेको खण्डमा किसानलाई उनीहरुको उत्पादनको मुल्य तोक्ने र बिचौलियाविहिन कृषि बजारको व्यवस्था गर्न आफ्नो आवाज बुलन्द गर्ने बताउँछन् । ‘समस्या जहाँतहीँ छ । बाटो निर्माण गर्नु मात्र विकास होइन । पहँुच हुनेको ठाउँमा पिच हुने र पहुँच नहुनेको ठाउँमा विद्यार्थी विद्यालय पुग्दा ड्रे«स नै हिलाम्मे भएर पुग्नुपर्ने अवस्थासमेत छन् । ती कुराको समाधान गर्न समानुपातिक विकास प्रणाली चाहिन्छ, त्यो मैले गर्न सक्छु ।’ सुन्दरमणि भन्दै थिए ।

खेल क्षेत्रमा सरकारको ध्यान नगएको उनी आँैल्याउँछन् । खेलक्षेत्र मात्र यस्तो क्षेत्र हो जसले युवालाई लागुऔषधमा लाग्ने समय खेलमा लाग्न अभिप्रेरित मात्र नगरी स्वस्थ्य रहनसमेत मद्धत गछ भन्दै उनले त्यसमा समेत आफ्नो ध्यानाकर्षण भएको सुनाए ।

पछाडि परेको वर्गलाई अगाडि सार्न जताततै धनीको हालिमुहाली अन्त्य गर्न युवाहरु राजनीतिमा आउनपर्छ भन्ने भनाइ राख्ने यी युवा दलित, पिछडा वर्ग तथा मुसहर बस्तीमा रहेकाहरुलाई पढ्नमा पनि छुट हुनुपर्ने धारणा राख्छन् । सुन्दरमणि नेपालमै जन्मिएर पनि नागरिकता नपाउनेहरुको पक्षमा आफू खडा हुने बताउँछन् ।