बिर्तामोडः आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा (संघ) र प्रदेशको निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) झापाले जिल्लाको पाँचवटै क्षेत्र सहित सवैं प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेको छ । जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र पोलिटब्यूरो सदस्य भाष्कर काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न सचिवालय बैठकले पाँचवटै क्षेत्र र प्रदेश सभा निर्वाचनको निम्ति जिम्मेवारी तोकेको हो ।

क्षेत्र नंम्बर १ को संयोजकमा भाष्कर काफ्ले र सचिवमा ज्ञानेन्द्र ढुङ्गाना, क्षेत्र नम्बर २ को संयोजकमा प्रत्युष राणा र सचिवमा तीर्थ सिग्देल, क्षेत्र नम्बर ३ को संयोजकमा पदम सुब्बा र सचिवमा ताला मुर्मु, क्षेत्र नम्बर ४ को संयोजकमा ज्ञानेन्द्र निङलेकु लिम्बू र सचिवमा इश्वरीराज दाहाल, क्षेत्र नंम्बर ५ को संयोजकमा तुलशी निरौला र सचिवमा होमबहादुर बराल छन् । 

त्यस्तैं, क्षेत्र नंम्बर १ अन्तगर्त प्रदेश (क) मा संयोजकमा एनके कट्टेल र सचिवमा हेमन्त नेपाल, (ख) मा संयोजकमा पर्शुराम शंकर र सचिवमा प्रदीप धिमाल, क्षेत्र नंम्बर २ को प्रदेश (क) को संयोजकमा होम दुलाल र सचिवमा इन्द्र निरौला, (ख) को संयोजकमा देबराज भण्डारी र सचिवमा कृष्ण बिष्ट छन् ।

क्षेत्र नंम्बर ३ (क) को संयोजकमा ओमनाथ नेपाल र सचिवमा देउधन राई, (ख) को संयोजकमा चेतानन्द निरौला र सचिवमा टीका पौडेल, क्षेत्र नंम्बर ४ (क) को संयोजकमा शान्तिराम न्यौपाने र सचिवमा ताराप्रसाद गौतम, (ख) को संयोजकमा पूर्ण श्रेष्ठ र खेमराज मैनाली, क्षेत्र नम्बर ५ (क) को संयोजकमा खगेन्द्र बाराकोटी र सचिवमा नारायण राजवंशी, (ख) को संयोजकमा भीम दाहाल र सचिवमा केशब दाहाल छन् । 

305190156_5267976669981711_2876347106940216228_n

सोही बैठकले रिक्त रहेको जिल्ला कमिटी झापाको उपसचिवमा तीर्थ सिग्देललाई जिम्मेवारी दिने निर्णय गरेको छ । सिग्देल पार्टी जिल्ला कमिटी झापाका प्रचार बिभाग प्रमुख हुन् । उनी समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष र प्रदेश १ का इन्चार्ज हुन् ।  

पार्टी निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान अन्र्तगत भदौं २३ गते झापाको बिर्तामोडमा संम्पन्न हुने र त्यसका लागि जिल्ला कमिटी झापाले बृहत सहभागिता गराउन पहल गर्न बैठकले निर्णय गरेको छ । सो कार्यक्रममा पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटी झापाका प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनुभयो । त्यस्तैं, भदौं २५ गते पार्टी निकट जिल्ला सहकारी कर्मचारीहरुको बिर्तामोडस्थित पार्टी कार्यालयमा बृहत भेला गर्ने र त्यसका लागि जिल्ला कमिटीले जिल्लाका सबै पालिका स्तरीय कमिटीलाई पत्रचार गर्ने समेत बैठकले निर्णय गरेको छ । 

बैठकमा पोलिटब्यूरो सदस्य भाष्कर काफ्ले, अखिल नेपाल किसान महाँसंघका केन्द्रीय उपाध्यक्ष देबी बराल लगायतका नेताहरुको उपस्थिति रहेको जिल्ला कमिटी झापाका सचिव बिपी भट्टराईले जानकारी दिए ।