इटहरीः नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीले गाउँ र नगर कमिटीका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई एकै ठाउँमा भेला गरेर निर्वाचन केन्द्रित प्रशिक्षण सम्पन्न गरेको छ । 

सोमबार इटहरीमा भएको प्रशिक्षणमा राजनीतिक तथा सांगठानिक विषयमा प्रशिक्षण दिइएको नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ का उपाध्यक्ष शिवकुमार डाँगीले बताए । 

डाँगीका अनुसार प्रदेश १ का गाउँ तथा नगर कमिटिका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा पदाधिकारी गरी ४०० जनाको सहभागिता रहेको थियो । 

305521928_473180434673225_9007468739853235107_n

विषयगत प्रशिक्षणमा पार्टीका प्रदेश अध्यक्ष मेक्सो, उपाध्यक्ष, पृथ्वी साम्पाङ, विजय साम्पाङ तथा पार्टीका नेता गणेश उप्रेती (शुशील) ले प्रशिक्षण दिएका थिए ।  

माओवादी केन्द्र अब सम्पूर्ण हिसाबले निर्वाचन लाग्यो भन्ने सन्देश दिन र गाउँ तथा नगर कमिटीले खरो रुपमा जनतामा जान प्रशिक्षणको आयोजना गरिएको बताइएको छ । माओवादीले जिल्ला तथा निर्वाचन परिचालक कमिटीहरुबाट आगामी निर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस प्रदेशमा पठाइसकेको र चाँडै प्रदेश कमिटीको बैठक बसी केन्द्रमा पठाउने प्रदेश १ उपाध्यक्ष डाँगीले बताए । । 

नेकपा माओवादी केन्द्रलाई कम्युनिस्ट पार्टीभित्र १ नम्बर पार्टी बनाउने भन्ने योजनाका साथ प्रशिक्षण कार्यक्रम गरिएको पार्टीका उपाध्यक्ष डाँगीले जानकारी दिए ।

304779905_608375864261708_4535246983103021155_n