इटहरीः नेकपा माओवादी केन्द्र सुनसरी २ (क) ले प्रत्यक्ष तर्फ पाँच जना र समानुपातिकतर्फ ७ जनाको नाम संकलन गरेको छ ।

सुनसरी क्षेत्र नम्बर २ (क) को प्रदेश सभाको निर्वाचन परिचालन कमिटीको आइतबार बसेको बैठकले प्रदेश सभामा जाने सम्भावितहरुको नाम संकलन गरेको पार्टीका इटहरी नगर इन्चार्ज मदन चुडालले जानकारी दिए ।

जाकिर हुसैनको प्रमुख आतिथ्य तथा मदन चुडालले अध्यक्षतामा बसेको बैठकले सुनसरी २ (क) का लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश एक उपाध्यक्ष शिव कुमार डाँगी , संविधानसभा सदस्य अनिता परियार, प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल, पार्टीका नेता चन्द्रकुमार चौधरी र दिनेश चौधरीको नाम सिफारिस गरेको छ ।

286842522_398819529000726_8428789037454474638_n 1

यस्तै, सोही निर्वाचन क्षेत्रका लागि समानुपातिकतर्फ ७ जनाको नाम बैठकले सिफारिस गरेको छ । समानुपातिकमा सपना परियार, उमेशकुमार साह, बहादुरसिंह तामाङ्ग, सुशिला उप्रेती, लोकेन्द्र गदाल र सिर्जना राई रहेका छन् । पार्टीका ७० जनाभन्दा बढी प्रतिनिधिहरुको भेलामा गहन छलफल गर्दै यी नामहरु संकलन गरिएको नेता मदन चुडालले बताए ।

305126169_1246356746163546_6970640734254094432_n