इटहरीः गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ का खेलाडी छनौट प्रतियोगिता भदौ २९ गतेबाट सुरु हुने भएको छ । 

प्रदेश खेलकुद विकास बोर्डले अघिल्लो तालिकालाई परिवर्तन गर्दै २९ गतेबाट प्रदेश छनौट प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ । 

यसअघि प्रदेशका १४ वटै जिल्लामा बाँडेर छनौट प्रतियोगिता गर्ने भनेको भएता पनि वर्षात र यातायातको समस्या देखाउँदै बोर्डले छनौट प्रतियोगितालाई झापा, मोरङ्ग रसुनसरीमा  सीमित गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो । 

बोर्डका सदस्य सचिव हंशराज वाग्लेका अनुसार बोर्डमा रहेको मौजुदा जनशक्तिको अभाव, यातायातको कठिनाई ,बन्द प्रशिक्षण लगायत प्रदेश स्तरमा गर्नुपर्ने तयारी, छनौट गर्नुपर्ने समयसिमा र प्रतियोगितामा हुने खर्चसमेत मध्यनजर गर्दै ३ जिल्ला केन्द्रित छनौट प्रतियोगिता हुने भएको हो । 

बोर्डले दिएको तालिका अनुसार इटहरी रंगशालामा महिला फुटवल, पुरुष भलिवल, उसु, एथलेटिक्स, टेवलटेनिस, आईटिएफ, सेपाक्ताको आयोजना हुनेछन् भने पुरुष र महिला ह्याण्डवल सुनसरीको खनारमा आयोजना हुने भएको छ । यसैगरी पौडीको छनौट इटहरीको ओसियन पार्कमा गरिने भएको छ । यता बास्केटवल तर्फ पुरुष महिलाको धरान स्थित कवर्डहल, बुद्धिचाल धरान कवर्डहल र बक्सिग धरानमा आयोजना हुने भएको छ । यसैगरी धरानमा साइक्लिग र जुडोको पनि छनौट प्रतियोगिता आयोजना हुने भएको छ । 

यता कुस्ती प्रतियोगिता इनरुवा रंगशाला, पुरुष फुटबल शहिद मैदान विराटनगर, सुटिग बैजनाथपुर रंगशालामा हुने भएको छ । यस्तै फुल कन्ट्याक्ट कराँते शहिद मैदान विराटनगर, रग्वी महिला र पुरुष विराटनगर रंगशाला, भारत्तोलन शदि मैदान विराटनगरमा हुने भएको छ भने पुरुष क्रिकेटको छनौट भने बैजनाथपुर रंगशाला झापामा भदौ १७ गतेदेखिनै भइरहेको छ । यता महिला भलिवलको छनौट झापाको दमकका , महिला क्रिकेट काकडभित्ता झापामा , तेक्वान्दो विर्तामोड झापा, आर्चरीको भद्रपुर झापामा , कवडि महिलाको पुरुष झापामा र खोखो र शारिरिक सुगठनको  पनि भद्रपुर झापामा छनौट हुने तालिका सार्वजनिक भएको छ ।

301420656_1513210925814576_8688183245632686639_n